साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री विद्येश्वर माविको ८३ औँ वार्षिकोत्सव सम्पन्न

समारोहमा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्राज्ञ एवम् साहित्यिक पत्रकार नरनाथ लुइँटेल, जिल्ला अदालतका स्रेस्तेदार मोहन घिमिरे, गा.पा. उपाध्यक्ष रमादेवी राई, पूर्व प्रअ ध्रुवराज रेग्मी, का.वा. वडाअध्यक्ष गंगाबहादुर तामाङ लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

भोजपुर, २०८० मङ्सिर ८ । यस जिल्लाकै सर्वाधिक पुराना विद्यालय मध्येको मानिने टेम्केमैयुङ स्थित विद्येश्वर मावि गोगने को ८३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा मङ्सिर ६ गतेदेखि आयोजित विद्यालय र अन्तरविद्यालय स्तरमा भएका प्रतियोगी विविध कार्यक्रममा विजयी छात्रछात्रालाई पुरस्कृत गर्ने गरी आयोजना गरिएको औपचारिक समारोहको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमानसिंह राईले गर्नु भएको थियो ।

टेम्के मैयुङ गा.पा. अध्यक्ष सरोज बस्नेतले पानसमा दीप प्रज्वलन गरेपछि राष्ट्रिय गान गाएर आरम्भ भएको समारोहमा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्राज्ञ एवम् साहित्यिक पत्रकार नरनाथ लुइँटेल, जिल्ला अदालतका स्रेस्तेदार मोहन घिमिरे, गा.पा. उपाध्यक्ष रमादेवी राई, पूर्व प्रअ ध्रुवराज रेग्मी, का.वा. वडाअध्यक्ष गंगाबहादुर तामाङ लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रधानाध्यापक पूणर्कुमारी प्रधानले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक अवस्थामा केन्द्रित प्रतिवेदन प्रस्तुत गर्नुभएपछि विद्यालयको उन्नयनका लागि अक्षयकोष स्थापना गरेर वार्षिक रुपमा प्रदान गरिँदै आएका छात्रवृत्तिहरू प्रदान गरिएको थियो । गत चारवर्षदेखि वार्षिक रुपमा प्रदान गरिँदै आएको ‘पवित्रा लुइँटेल स्मृति छात्रवृत्ति अक्षयकोष’बाट छात्रवृति स्वरुप यस वर्ष कक्षा १२ की छात्रा तारा विकलाई नगद रु. २५ हजार प्रदान गरियो । हाल काठमाडौं निवासी अक्षयकोषदाता नरनाथ लुइँटेलले तारा विकलाई उक्त रकम हस्तान्तरण गर्नु भयो ।

त्यसैगरी अन्य अक्षयकोषदाताहरूले पनि अन्य छात्रछात्रालाई छात्रवृति रकम हस्तान्तरण गर्नु भएको थियो भने विद्यालयका
विविध प्रतियोगितामा विजयी छात्राछात्रालाई प्रमुख अतिथि एवम विशिष्ट अतिथिद्वारा पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयमा अक्षयकोष राखेर छात्रछात्रालाई छात्रवृतिको व्यवस्था गर्ने अक्षयकोषदाताहरूलाई कदरपत्रसहित सम्मान गरियो भने समारोहमा विद्यालयको इतिहास स्मरण गर्दै यसको शैक्षिक उन्नति र प्रगतिको शुभेच्छा सहित विशिष्ट अतिथि एवम् अतिथिहरूले शुभकामना व्यक्त गर्नु भएको थियो ।

वार्षिकोत्सव समारोहमा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, अभिभावक सबैलाई हार्दिक धन्यवाद दिँदै अध्यक्ष घमानसिंह राईले समारोह समापन भएको घोषणा गर्नु भयो ।

विद्यालयका छात्रछात्राले आकर्षक कवाज, राष्ट्रिय एवम् लोकगीतहरूमा आधारित नृत्य प्रस्तुत गरेको कार्यक्रमलाई भुविन्द्र राई र यादवप्रसाद ढकालले सञ्चालन गर्नुभएको थियो ।

०००
– गोगने, भोजपुरबाट सीताराम लुइँटेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x