फित्काैली डटकमहास्यव्यङ्ग्यकार पिंडालीको नाममा पुरस्कार स्थापनाको घोषणा
कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र रिजालले व्यङ्ग्यकार पिंडालीको नाममा पुरस्कार स्थापनाको घोषणा गर्दै १ लाख पुर्याउने वचनसहित हाललाई ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो।
काठमाडाैं, ०८० मङ्सिर ९ । मनोहरा साहित्य समाजको ८३औं शृङ्खला समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, अग्रज साहित्यकार रामचन्द्र रिजालको प्रमुख तथा कविराज घिमिरे, प्रा. मोहन पन्थी लगायतको आतिथ्यमा आज सम्पन्न भयो।
सचिव भावकेशर बरालद्वारा सञ्चालित सो कार्यक्रम सभाध्यक्ष अर्यालद्वारा अतिथिहरूलाई स्वागत गर्दै आफ्नो रचना वाचन गरेपछि प्रारम्भ भएको थियो भने स्रष्टाहरूका रचनावाचन, रचनाको टिप्पणी, मन्तव्य एवं शुभकामना हुँदै समापन भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि कविराज घिमिरेले रचना वाचनद्वारा तथा प्रा. मोहन पन्थीले विविध प्रसङ्ग उठाउँदै संस्थालाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र रिजालले व्यङ्ग्यकार पिंडालीको नाममा पुरस्कार स्थापनाको घोषणा गर्दै १ लाख पुर्याउने वचनसहित हाललाई ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो। 
अन्य रचनावाचन गर्नेहरूमा सुनील पुरी, राजेन्द्रकुमार बज्राचार्य, प्रेमनाथ घिमिरे, केशव ज्ञवाली, दीनानाथ पोखरेल, गङ्गाप्रसाद भेटवाल, सम्पत् काफ्ले, रत्ननिधि रेग्मी शुक्राचार्य, रुद्र अधिकारी, रचना दाहाल, भावना न्यौपाने, भुवन शिवाकोटी, बुद्धिसागर पौडेल,अनुराग अरुण, अप्सरा पोखरेल, प्रकृति घिमिरे, नूरदेव खनाल, सुरेश वैद्य, योगप्रसाद उपाध्याय, शीतल गिरी, सरिता तिमल्सिना, भावकेशर बराल, लगाका स्रष्टा हुनुहुन्थ्यो ।
विविध खालका रचना वाचन गरिएको सो कार्यक्रमको अन्त्यमा समीक्षक खोलाघरे साहिंलाले वाचित रचनामाथि टिप्पणी सहित आफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा नागेन्द्र प्रसाद आचार्य, बखतबहादुर थापा, कपिल अर्याल, चिरञ्जीवी रेग्मी, ओमबहादुर थापा लगायतका सभ्य श्रोताहरूको उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































