साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली भाषाका दुई कृतिको टोरन्टोमा विमोचन

भावनाको तस्वीर कोर्न त गाह्रो हुन्छ तथापि इन्जिनियर भएकोले होला गजलकार भण्डारी मानव मनका भावलाई अत्यन्त कलात्मक र सुन्दर रूपले कोर्न सफल भएका छन् ।

Nepal Telecom ad

फित्काैली डटकम :

टोरन्टो । नेपाली साहित्य समाज क्यानाडा(नेसास)द्वारा, टोरन्टोमा आयोजित लक्ष्मी जयन्ती समारोहबिच कवि तथा गजलकार युवराज भण्डारीका दुई कृतिहरू विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
हालै प्रकाशित भण्डारीका कविता सङ्ग्रह ‘अर्को कर्नाली’ र गजल सङ्ग्रह ‘भावनाको तस्वीर’ भुँडी पुराण प्रकाशनले प्रकाशित गरेको हो ।

महाकवि देवकोटाको कृतित्वको चर्चाको क्रममा साहित्यकार हेम अधिकारीले देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको अद्वितीय योगदानको परिचर्चा गरेका थिए भने साहित्यकार गोविन्दसिंह रावतले देवकोटाका कृतिहरूलाई विश्वव्यापीकरण गर्नुपर्ने कुरामा जोड दिएको आयोजक संस्थाले जनाएको छ ।

साथै, अन्य सर्जकहरूले देवकोटाप्रति समर्पित कविता तथा गजल वाचन गरे पश्चात् नव प्रकाशित कृतिहरूको विमोचन गरिएको थियो ।

कविता सङ्ग्रह ‘अर्को कर्नाली’ माथि समीक्षा गर्दै कवि रविन थपलियाले भने, “यस कविता सङ्ग्रहमा जीवनका अनेक रङ्गहरू मात्र अटाएका छैनन्, जीवनका सामान्य पक्षदेखि लिएर आत्मा परमात्मा सम्मको चिन्तन भेट्न सकिन्छ। अर्को कणर्ालीले सामाजिक कुरीतिलाई व्यङ्ग गर्नुको साथै देखावटीपन र ढोङको निर्मम चिरफार गरेको छ ।”

त्यसैगरी गजलसङ्ग्रह ‘भावनाको तस्वीर’को चर्चा र विश्लेषण गजलकार रवीन्द्र लम्सालले भने, “भावनाको तस्वीर कोर्न त गाह्रो हुन्छ तथापि इन्जिनियर भएकोले होला गजलकार भण्डारी मानव मनका भावलाई अत्यन्त कलात्मक र सुन्दर रूपले कोर्न सफल भएका छन् । गजल अनुरागमा लेखिएका हुन् या अन्य समसामयिक विषयमा उनी गजलको सिद्धान्तमा हिँडेका छन्, र हामी सबैका भावनालाई समेट्दै शेरहरूमा मनोहर तस्वीरहरू कोरेका छन् ।”

साथै अन्य स्रष्टाहरूले विमोचित कृतिहरूका कविता गजलहरू वाचन गरेका थिए। कार्यक्रमको अन्त्यमा विमोचित कृतिका लेखक भण्डारीले आफ्नो अनुभव बाँड्दै उपस्थित साहित्य अनुरागीहरू, नेसास, तथा कृति प्रकाशन र विमोचनको क्रममा सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका थिए ।

नेसासका अध्यक्ष खेम गुरागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव मोहन खरेलले गरेका थिए। समापन मन्तव्यको क्रममा अध्यक्षले लेखकलाई बधाई तथा शुभकामना दिँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x