फित्काैली डटकमअनुपम सिर्जना प्रतिष्ठानकाे १३० औँ काव्य श्रृङ्खला
गाेष्ठी संस्थाका वरिष्ठ उपाध्यक्ष प्राज्ञ नरनाथ लुइँटेलकाे अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देलज्यूको उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

काठमाडाैं, २०८० मङ्सिर १६ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १३० औँ नियमित प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भएकाे छ ।
गाेष्ठी संस्थाका वरिष्ठ उपाध्यक्ष प्राज्ञ नरनाथ लुइँटेलकाे अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देलज्यूको उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।
उपत्याकाको पश्चिम भेकमा साहित्यिक गतिवधीमा क्रियाशील यससंस्थाले लामाे समयदेखि हरेकाे महिनाकाे तेस्राे शनिवार नियिमत रूपमा सञ्चालन गर्दै आएकाे छ ।
अनुपमकाे यस १३० औँ शृङ्खलामा छन्द, स्वच्छन्द कविता, गीत, गजल, चारु, लोकछन्द कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका विकृति विरुद्ध प्रहार गरिएका रचना यस श्रृङ्खलामा प्रस्तुत गरिएका थिए ।
यस श्रृङ्खलामा रचना वाचन गर्ने कविहरू नरनाथ लुइँटेल, पुरुषोत्तम सिग्देल, बमबहादुर थापा जिताली, हरि खनाल, भानुभक्त कुभिन्डेली, गङ्गा लिगल, टङ्कराज ढकाल तितेपाती, जगदीश्वर पोखरेल, डिल्लीप्रसाद मुलतिहुन, हरिप्रसाद चौलागाईं, चूडा निर्भीक, जितु खड्का, लक्ष्मीप्रसाद मिश्र, सूर्यवदना पण्डित, उर्मिला पन्त, गिरिराज सुवेदी, रेहित सैजु, सूर्यकुमार पण्डित र वीरबहादुर लोहनी हुनु हुन्थ्यो । 
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्लेदेलले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ र सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको बताउनु भयाे । उहाँले छन्दको संरक्षणमा पनि अनुपमकाे यस नियमित श्रृङ्खलाले महत्वपूर्णा गाेगदान गरेकाे बताउँदै अाजकाे श्रृङ्खलामा वाचित रचनाकाे पद्यात्मामक समीक्षा गर्नु भएको थियो ।
त्यसै गरी विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीले लमजुङे जहाँ पुग्छन् साहित्यिक गुँड निर्माण गर्दछन् भन्नु भएको थियो ।
सभाध्यक्ष नरनाथ लुइँटेलले कविगोष्ठी सभ्य, भव्य र नव्य भएकाे बताउँदै सहभागी सबै सर्जकलाई धन्यवाद दिएर गोष्ठी समापन गर्नु भएको थियो ।
उपाध्यक्ष जगदीश्वर पोखरेलले स्वागत गर्दै कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।
०००
– जगदीश्वर पाेखरेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































