साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चितवनमा ‘भूपिनका कविता उत्सव’ सम्पन्न

विभिन्न साहित्यिक संस्थाका अध्यक्षहरू, पत्रकार, कवि स्रष्टा भूपिन तथा परिवार र प्रकाशक भूपेन्द्र खड्काको आतिथ्यता रहेको थियो । वक्ताहरूमा निमेष निखिल र डा. एक नारायण पौड्याल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

चितवन, २०८० मङ्सिर १६ । अक्षर समूह चितवनद्वारा आयोजित उदय अधिकारीको अध्यक्षता तथा रेशम विरहीको प्रमुख आतिथ्यतामा  ‘भूपिनका कविता उत्सव’ भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्षहरू, पत्रकार, कवि स्रष्टा भूपिन तथा परिवार र प्रकाशक भूपेन्द्र खड्काको आतिथ्यता रहेको थियो । वक्ताहरूमा निमेष निखिल र डा. एक नारायण पौड्याल हुनुहुन्थ्यो ।

अक्षर समूह, चितवनका पूर्व अध्यक्ष ईश्वर पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । यसलगत्तै प्रमुख अतिथि, प्रकाशक, सभाध्यक्ष तथा लेखकबाट ‘भूपिनका कविता उत्सव’ लोकार्पण भएको थियो ।

यसैगरी लोकार्पित पुस्तकको समीक्षकीय मन्तव्य वक्ताहरू निमेष निखिल र डा. एकनारायण पौड्यालले दिनु भएको थियो । विभिन्न साहित्यिक संस्थाका अध्यक्षहरू अनिल श्रेष्ठ (आबुखैरेनी स्रष्टा समाज), सागर उदास (गण्डकी वाङ्मय प्रतिष्ठान), प्रकाश चापागाइँ (साहित्य संगम चितवन), डि.बी भुर्तेल (साहित्य संगम मकवानपुर) एल. बी. क्षेत्री (कविडाँडा साहित्य समाज) र बालकृष्ण थपलिया (सदस्य सचिव, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान) ले आफ्नो शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

बुक हिल प्रकाशनका भूपेन्द्र खड्काबाट प्रकाशकीय मन्तव्य साथै कवि भूपिनबाट आफ्नो सागर्भित मन्तव्य सहित आधा दर्जन कविता वाचन गर्नु भएको थियो ।

प्रमुख अतिथि रेशम विरहीको मन्तव्य पश्चात लेखकलाई रोयल्टी र वक्ताहरूलाई मायाको चिनो वितरण माएको थियो । अक्षर समूहका अध्यक्ष रमेश प्रभातद्वारा सञ्चालित आजको कार्यक्रम संस्थापक सदस्य उदय अधिकारीबाट सभा विसर्जन भयो ।

०००
रमेश प्रभातद्वारा सम्प्रेषित ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x