फित्काैली डटकमकर्मदा सिर्जना मञ्चकाे ३३ औँ कविगोष्ठी
मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलकाे अध्यक्षता तथा प्रा. गङ्गा लिगल ज्यूको प्रमुख आमन्त्रित रहेर सम्पन्न गाेष्ठीमा स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो ।

काठमाडाैं, २०८० मङ्सिर २१ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको बिहीवार ४.०० बजे ३३ औँ प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भयाे ।
मञ्चका अध्यक्ष जगदीश्वर पोखरेलकाे अध्यक्षता तथा प्रा. गङ्गा लिगल ज्यूको प्रमुख आमन्त्रित रहेर सम्पन्न गाेष्ठीमा स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो ।
लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ ।
गाेष्ठीमा प्रस्तुत कविता छन्द, स्वच्छन्द कविता, लोकछन्द, चारु लगायत सिर्जना रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
यस अवसरमा रचना वाचन गर्ने कविहरू गङ्गा लिगल, पुरुषोत्तम सिग्देल, नरनाथ लुइँटेल, डा. बमबहादुर थापा जिताली, कलानिधि दाहाल, गणेश आत्रेय, दुर्गाप्रसाद सिग्देल, हरिप्रसाद चौलागाईं, चूडा निर्भीक, सन्दिप राई, जगदीश्वर पोखरेल, उत्तम भेटुवाल, लक्ष्मीप्रसाद मिश्र, वीरबहादुर लोहनी, उर्मिला पन्त, भीमकुमारी, बिनुबाबा घिमिरे र सुरेशचन्द्र घिमिरे सहभागी हुनु भएको थियो ।
प्रमुख आमन्त्रित गङ्गा लिगलले साहित्य सुन्दर फूल हो, कविता समाजको दर्पण हो । आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका विषय बस्तुलाई बिम्ब बनाएका छन् भन्नुहुँदै नेपाली साहित्यले देशलाई विश्वमा चिनाएको बताउनु भयाे ।उहाँले वाचित रचनाले मन्त्र मुग्ध बनाए काे उल्भलेख गर्न्नुनु भयाे र कर्मदाले देश विदेशका सर्जकलाई लमजुङको पाउँदीबजार पुऱ्याएकाे चर्चा गर्दै कर्मदा, कर्मदा जस्तै अविरल बगिरहोस् भनेर शुभकामना दिनु भयो ।
त्डायसै गरी डा. बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानको परिचर्चा गर्नुभएको थियो ।
प्रमुख अतिथि लिगलले वाचन गरिएका सिर्जनाको सङ्क्षाप्त समीक्षा गर्नु भएको थियो ।
उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टालाई हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो ।
कविगोष्ठीको संयोजन पनि पोखरेलले नै गर्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































