साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाँगुनारायण साहित्य समाजकाे अठ्ठाइसौँ कविगाेष्ठी

समाजका अध्यक्ष लालबहादुर भुजेलको सभापतित्व र पूर्व जिल्ला शिक्षा अधिकारी शंङ्कर मानन्धर, साहित्यकार पदम दाहाल, गीतकार सुवासचन्द्र ढुङ्गेलको आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

भक्तपुर २०८० मङ्सिर २९ । चागुनारायण साहित्यिक समाजको आयोजनामा समाजका अध्यक्ष लालबहादुर भुजेलको सभापतित्व र पूर्व जिल्ला शिक्षा अधिकारी शंङ्कर मानन्धर, साहित्यकार पदम दाहाल, गीतकार सुवासचन्द्र ढुङ्गेलको आतिथ्यमा समाजको अठ्ठाइसौँ शृङ्खलाको कवि गोष्ठी भक्तपुर औद्योगिक व्यवस्थापन लिमिटेडको भवनमा सम्पन्न भयो ।

कार्यक्रममा कविहरू छन्दविज्ञान निरौला,जुनु घिमिरे, गोविन्द नागिला, कविराज घिमिरे, दीनानाथ पोख्रेल, विश्वनाथ ढुङ्गेल, ॐ नरहरि श्रेष्ठ, रामहरि आचार्य, रमेशसागर तिमल्सिना, गोकर्णराज ढुङ्गेल, सालिकराम दाहाल, मैया सुर्खेती, बिके माकजू, वसन्ती भुजेल, हरिगोविन्द भोमी, कविन्द्रलाल प्रधान, शम्सेर बहादुर नुच्छेप्रधान, श्याम माकजु, डिल्लीप्रसाद मूलतिहुन् लगायतका कविहरूले रचनावाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचित रचना र सक्रिय सहभागिता जनाउने ५ जना सालिकराम दाहाल, उपेन्द्र ढकाल, जुनु घिमिरे, शम्सेरबहादुर नुच्छेप्रधान र गोकर्णराज ढुङ्गेललाई माला लगाएर सम्मान गरिएको थियोे ।

समाजका अध्यक्ष लालबहादुर भुजेलले आफ्नो कविता वाचनका साथै उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम चागुनारायण साहित्यिक समाजका आजीवन सदस्य डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x