फित्काैली डटकमबालागुरु षडानन्दको १८९ औं जन्मजयन्ती दिङ्लामा
मुख अतिथि तथा मेयर सुरेन्द्र उदास र उपमेयर प्रमिला राईले प्रतिमा अनावरण गर्नुभयो । ऋषिराज लुम्सालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कलाकारले भजन र गुरुगान समेत प्रस्तुत गरेका थिए ।

भाेजपुर, २०८० पुस । षडानन्द माविको आयोजना र षडानन्द -सीताराम शैक्षिक गुठी तथा षडानन्द नगरपालिकाको प्रायोजनमा आज षडानन्द नगरपालिका दिङ्लामा विभिन्न कार्यक्रमका साथ षडानन्द अधिकारीको १८९ औं जन्मजयन्ती मनाइयो ।
विहान दिङ्ला कटहरे, वितलब डाँडामा आवाल व्रम्हचारी षडानन्दको प्रतिमा प्राणप्रतिष्ठ गरी अनावरण गरियो। सर्वदर्शनाचार्य ऋषिराज लुम्सालीले २०७८मा आफ्नै घर जग्गामा तयार गरेको श्री१०८ सिद्धपुरुष आवाल व्रम्हचारीको योगआश्रममा उक्त प्रतिमा अनावरण गरियो।
उक्त जग्गामा रुद्राक्षआरण्य रहेको छ। आयुर्वेद, होमस्टे र अष्टाङ्ग योग समेत प्रशिक्षण हुने तीनओटा संरचना रहेको उक्त स्थानमा नगरपालिकाको सहयोगमा प्रतिमा स्थापित भएको बताइयो । लुम्साली यसै ठाउँमा जन्मेर नेपाल सरकार भूमि आयोगको केन्द्रीय अध्यक्ष,डोटी जिल्ला विकास समिति सभापति भई जन्मभुमि फर्केर स्वास्थ, शिक्षा र कृषिको क्षेत्रमा कर्म गरेर कर्म योग सिकाउँदै हुनुहुन्छ।
प्रमुख अतिथि तथा मेयर सुरेन्द्र उदास ज्यू र उपमेयर प्रमिला राईले प्रतिमा अनावरण गर्नुभयो । ऋषिराज लुम्सालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कलाकारले भजन र गुरुगान समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरप्रमुख सुरेन्द्र उदास, उपप्रमुख प्रमुला राई, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाई, दलहरुको तर्फबाट ने.कांग्रेसका नगर सभापति भीम तामाङ् र षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकास पौडेलले मन्तव्य राखेका थिए। अधिकांश वक्ताले षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बिचार राखेका थिए।
विनोद लम्सालले सन्चालन गरेको उक्त कार्यक्रममा लामा विधि र सनातन वैदिक दुवै विधिबाट प्रतिष्ठा गरिएको थियो।सङ्खुवासभाबाट विशिष्ट अतिथिका रुपमा ताराबहादुर बुढाथोकीले मनकामनादेखि दिङ्ला केवुलकारले जोड्न सके खाँदबारी -षडानन्द नगरविच अभिन्न सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै विभूति घोषणा अभियानमा सङ्खुवा सभाली जनताको साथ रहने भन्दै शुभकामना पनि व्यक्त गरे।
जन्मजयन्ती प्रभात फेरी र मन्चमा समारोह: 
खानापछि दिङ्ला भन्ज्याङ्स्थित षडानन्द माविको खेल मैदानमा जन्मजयन्ती विशेष समारोह आयोजना भयो। षडानन्द माविको आयोजना र षडानन्द सीताराम गुठीको प्रायोजनमा भएको समारोह अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न भयो।
षडानन्द माविबाट पन्चैबाजा,तामाङ्, शेर्पा र नेवार जातिको सांस्कृतिक झाँकी सहित सिङ्गो बजार बायँबाट दायाँतर्फ परिक्रमा गरी चौरमा पगेर सभामा परिणत भयो। विभिन्न विद्यालयबाट युनिफर्म पोसाकमा आफ्ना विद्यालयका झण्डा सहित आएका विद्यार्थीहरुले पालैपालो पिटी प्रदर्शन र सलामी अर्पण गरेको दृश्य निकै आकर्षक र पृथक रह्यो। शिक्षक पण्डित तिम्सिनाले सन्चालन गरेको कार्यक्रममा वडा नं ७ का अध्यक्ष दिपेश बिष्टले स्वागत मन्तब्य राखे भने षडानन्द माविका प्रअ डम्बर बिष्टले षडानन्दको जीवनी बाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ समाजसेवी, शिक्षा सेवी सर्वदर्शनशास्त्री ऋषिराज लुम्सालीलाई सिङ्गो दिङ्लाले अभिनन्दन गर्यो। पिएचडी गर्ने शिक्षक र उच्च जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद र सम्मानपत्रले सम्मानित गरियो।
कवि भावुकको “धनमाया” स्फुट काव्य विमोचित:
समारोहको आकर्षक पक्ष पुस्तक बिमोचनको रह्यो। धनमाया प्रतिष्ठानका अध्यक्ष हरि भित्रिकोटीद्वारा सन्चालित समारोहको यस प्रस्तुती खण्डमा स्थानीय कवि हेमराज गुरागाई ‘भावुक’ले लेखेको “धनमाया खण्डकाव्य पनि बिमोचन भयो।
नगरप्रमुख सुरेन्द्र उदास,उपप्रमुख प्रमिला राई, पं.ऋषिराज लुम्साली, प्रकाश पौडेल, समीक्षकद्वय ताराबहादुर बुढाथोकी र राजेन्द्र ‘सर्वहारा’निरौलाले संयुक्त रुपमा विमोचन गरे। कृतिमाथि टिप्पणी गर्दै समीक्षक ताराबहादुर बुढाथोकीले आफ्नै घरमा हली बसेको बाँधा दमाइकी पत्नी धनमाया दमिनीको दुध चुसेर षडानन्द अधकारीले जीवन पाएका, हुर्केका र उनकै प्रेरणाले अध्ययन गरेर गुरुमहाराज बनेको प्रेरणादायी सत्यको उद्घाटन यस स्फुट काव्यकथाको गुदी रहेको स्पष्ट पारे।
उनले पृथ्वी नारायणको जीवनमा विसे नगर्ची, रामचन्द्रको जीवनमा सवरी र षडानन्दको जीवनमा धनमायाको सन्निवेशले प्रकृति फरक भए पनि जातीय विभेदको समूल अन्त्यको सन्देश दिएको बताए।बुढाथोकीले काव्यको भाववारे बताउँदै’काव्यमा गर्भेटुहुरो षडानन्दले आफ्नी आमा रुक्मिणीको दुध नआउँदा दमिनी आमाको दुध चुसेको प्रसङ्गले आफ्नी आमा छ महिनामै मर्दा आफूले त घोर्ली बाख्रीको दुध खाएको प्रसङ्ग सुनाउदा जनमासमा आँसु छचल्केको देखियो। बुढाथोकीले रगत दिदा समूह मिल्नुपर्छ तर दुध दिदा आमा भए पुग्छ भन्दै यस महान दुग्धदान प्रति धनमाया आमा मार्फत आम आमाहरुप्रि गहिरो श्रद्धा र सम्मान भाव प्रकट गरे। कृतिको संरचना पक्ष बारे बोल्दै सर्वहाराले शार्दुल विक्रिडित छन्दमा लेखिएको कृति उत्कृष्ट छ यद्यपि मात्रा र छन्दप्रवाहमा दोषमुक्त हुन नसकेको चर्चा गरे ।
कार्यक्रममा विद्वान नगरप्रमुख सुरेन्द्र उदास र प्रखर वक्ता नगर उपप्रमुख प्रमिला राईले आफूहरु षडानन्द अधिकारीलाई विभुतिमा दर्ज गराउन लागि पर्ने बताए। आगामी बर्ष जन्मजयन्ती समारोह अझ रचनात्मक बनाउन सबैबाट सुझावको पर्खाईमा रहेको बिचार व्यक्त गरे।
नगरप्रमुखले आज देशैभर षडानन् जयन्ती मनाए तापनि दिङ्लामा मनाइनुले खास महत्व राख्दछ, आज विगतभन्दा हर्षोल्लासका साथ सम्पन्न भएको अनुभुति पनि सेयर गरे।षडानन्द माविका शिक्षकहरुको सामूहिक नृत्यसँगै साँझमा कार्यक्रम समापन भएको थियो ।
०००
– ताराबाबुद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































