साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्यिक समाजको सतसठ्ठीऔं प्रविधिमैत्री कविगोष्ठी

डा. बमबहादुर थापा जितालीको सभापतित्वमा, प्रमुख अतिथि गङ्गा लिगल, विशेष अतिथि हरि खनाल, दुष्यन्त भट्टराई हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस ६ । मञ्जुश्री साहित्यिक समाजको सतसठ्ठी औं प्रविधिमैत्री कविगोष्ठी अग्रज ठाडो भाका तथा लोकगायिका धनमाया तामाङको १९ औं स्मृतिका सन्दर्भमा सम्पन्न भएकाे छ ।

डा. बमबहादुर थापा जितालीको सभापतित्वमा, प्रमुख अतिथि गङ्गा लिगल, विशेष अतिथि हरि खनाल, दुष्यन्त भट्टराई हुनुहुन्थ्याे ।

अतिथि कविहरू दुर्गा अधिकारी भमरकोटे, सूर्यकुमार पण्डित, सूर्यवदना पण्डित, टेकबहादुर लौडारी, कल्पना देवकोटा, वीरबहादुर लोहनी लगायतका सबै स्रष्टाले लोकछन्द, शास्त्रीय छन्द र मुक्तक लयमा कविता वाचन गर्नुभयो।

सभापतिबाट धनमाया तामाङको पुण्यस्मृतिका सन्दर्भमा श्रद्धाञ्जलि व्यक्त गर्दै धनमाया तामाङको आत्मकथा देखाएरै त्यस पुस्तक समीक्षाका आधारमा लोक गायिका धनमाया तामाङको सटिक विश्लेषण भयो र उपरथी आशबहादुर तामाङबाट प्राप्त शुभकामना सन्देश प्रस्तुत भयो।

गुणस्तरीय कविगोष्ठीमा सहभागी सबै स्रष्टालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उक्त प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भयो। कार्यक्रमको सञ्चालन लोककवि वीरबहादुर लोहनीले गर्नुभएको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x