साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल स्रष्टा समाजको १७ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्व र प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन उद्घाटन कार्यक्रम आयोजना गरिएकाे हाे । समुद्घाटनसँगै ‘स्रष्टा दर्पण’ पुस्तकको विमोचन पनि गरिएको छ ।

Nepal Telecom ad

ललितपुर, २०८० पुस १३ । नेपाल स्रष्टा समाजको १७औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाउन थालिएको छ ।
शुक्रबार पाटन दरबार स्क्वायरको डबलीमा एक कार्यक्रमको आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको हो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्व र प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन उद्घाटन कार्यक्रम आयोजना गरिएकाे हाे ।

समुद्घाटनसँगै ‘स्रष्टा दर्पण’ पुस्तकको विमोचन पनि गरिएको छ । कार्यक्रमलाई पर्या कविता गोष्ठीको रुपमा सञ्चालन गरिएको थियो । कार्यक्रममा करिब एक दर्जन पर्या कवि र वरिष्ठ कविहरुले कविता वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले पर्या कविता गोष्ठी पहिलो पटक नेपाल स्रष्टा समाजले आयोजना गरेको भन्दै धन्यवाद ज्ञापन गरे । २०६४ सालमा नै आफूले पर्या साहित्यको सिद्धान्त तयार पारेपछि विकसित भएको पर्या कविता अभियानलाई समाजले मलजल गरेको उनले बताए । अहिले तीन जनाले पर्या साहित्यमा पिएचडी समेत गरिसकेको उनले जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पुस १३ गतेदेखि १९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव मनाइने जानकारी दिए । संस्था आफैमा आर्थिक रुपमा कमजोर रहेका बेला सबैको साथ र सहयोगमा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उनले बताए ।

समाजका महासचिव देविका तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा पाटन संग्रहालयकी प्रमुख मञ्जु भण्डारी थापा, समाजका निवर्तमान अध्यक्ष पवन आलोक, समाजका उपाध्यक्ष चेतनाथ कडेल लगायतको आतिथ्यता रहेको थियो ।

के–के छन् साप्ताहिक कार्यक्रम ?
समाजले तय गरेको कार्यक्रमअनुसार पुस १३ गते उद्घाटन, स्रष्टा दर्पण पुस्तकको विमोचन र पर्या कविगोष्ठी आयोजना हुनेछ । यसैगरी पुस १४ गते युवाकवि देवु लुइटेललाई ‘२०८० सालको प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ अर्पण तथा कविता वाचन कार्यक्रम रहेको छ ।

यसैगरी पुस १५ गते प्रा.डा. माधव पोखरेलेको प्रमुख आतिथ्यतामा निबन्ध गोष्ठी हुनेछ । पुस १६ गते १७ औं वार्षिक सभा तथा कवि गोविन्दराज विनोदीलाई ‘वि.सं. २०८० को सुभद्रा विश्वराज स्रष्टा सम्मान’ अर्पण गर्ने कार्यक्रम रहेको छ ।

पुस १७ गते प्रेस काउन्सिल नेपालमा साहित्यिक पत्रिकामा भाषिक एकताका लागि गोष्ठी आयोजना हुनेछ ।

यसैगरी पुस १८ गते अरुणिमा उच्च मा.वि. बौद्धमा ‘स्रष्टासँग विद्यार्थी कार्यक्रम’ आयोजना हुनेछ ।

कार्यक्रमको अन्तिम दिन अर्थात् पुस १९ गते साप्ताहिक कार्यक्रमको समीक्षासहित समापन समारोह आयोजना गरिने भएको छ ।

०००
– चेतनपथ माधवद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x