सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आधुनिक मान्छे

वास्तविकतामा ढुंगेयुगमा फर्क्यो मान्छे नैतिकता र आत्मीयता खै कता गयो विकासको नाममा बनिदिन्छ आधुनिक मान्छे !

Nepal Telecom ad

साधुराम खड्का :

बिरोलोले बाटो काटे हिँड्दैन मान्छे
घाँटीमा छोएपछि हात फुक्छ त्यै मान्छे
आफ्नो राम्रो हुँदा नास्तिक बनीदिन्छ
दुख पाए मठमन्दिर धाएर आधुनिक बन्छ मान्छे

बाँचुन्जेल बाआमालाई श्रद्दा हैन
मरेपछि नौट्ङकी गरी श्राद्द गर्छ त्यै मान्छे
माग्दा कसैलाई एक वाक्य दिन सक्दैन
मुखले माया गर्छु भन्ने स्वाङ पार्छ मान्छे

स्थिति गए गुज्रेको छ देशको तैपनि
प्रतिकुल अनुकुल छ भन्छ मान्छे
काम आफू गर्ने हैन, खाना पकाउने हैन
सबैकुरा रेडिमेड र तुरून्त चाहन्छ मान्छे

संसार सानो र विकसित भनी खोक्छ
वास्तविकतामा ढुंगेयुगमा फर्क्यो मान्छे
नैतिकता र आत्मीयता खै कता गयो
विकासको नाममा बनिदिन्छ आधुनिक मान्छे !

०००
बूढानिलकण्ठ, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का
सात हाइकु

सात हाइकु

साधुराम खड्का
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल