साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीले अब माथि…

नेता तस्कर बन्छ नागरिक नै बेचिन्छ मौका परे दुब्लो न्यायनिसाफ दब्छ सजिलै जित्छन् उनै बर्बरे पुर्खाको यशगानले कति तगोस् कच्चा भयो जञ्जिर हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

Nepal Telecom ad

खोलाघरे साहिंलो :

हाम्रो मात्र विमानघाट खुकुलो छिर्छन् सबै तस्कर
गाँजा,स्वर्ण सरक्क छिर्छ जति होस् जस्तै सुरक्षा गर
साना तस्कर पक्रिए पनि कुरो जोडिन्छ नेतातिर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

हाम्रा उच्च हिमालमाथि दलियो कालो,झुक्यो मस्तक
जो नेता चुनिए सबै हुन पुगे ती ढाँटका पुस्तक
आफ्नै स्वार्थ र गूटखातिर जुटे बिर्सेर चारैतिर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

हाम्रा यान युरोप उड्न नदिने विश्वास नै छैन रे
वर्षौंदेखि उडान बन्द हुनुले पेशा बिचल्ली परे
हामी नै उनका निमित्त खतरा हुन्छौं भने आखिर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

हामी विश्वप्रसिद्ध वीर अघिका ऐले हुँदा तस्कर
आफैं लज्जित छौं र कारक भने नेताहरू हुन् तर
खस्क्यो शान,इमान,शौर्य मनमा लाग्ने भयौं किर्किर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

नेता तस्कर बन्छ नागरिक नै बेचिन्छ मौका परे
दुब्लो न्यायनिसाफ दब्छ सजिलै जित्छन् उनै बर्बरे
पुर्खाको यशगानले कति तगोस् कच्चा भयो जञ्जिर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ??

०००
०८०/०९/११
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x