सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हामीले अब माथि…

नेता तस्कर बन्छ नागरिक नै बेचिन्छ मौका परे दुब्लो न्यायनिसाफ दब्छ सजिलै जित्छन् उनै बर्बरे पुर्खाको यशगानले कति तगोस् कच्चा भयो जञ्जिर हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

Nepal Telecom ad

खोलाघरे साहिंलो :

हाम्रो मात्र विमानघाट खुकुलो छिर्छन् सबै तस्कर
गाँजा,स्वर्ण सरक्क छिर्छ जति होस् जस्तै सुरक्षा गर
साना तस्कर पक्रिए पनि कुरो जोडिन्छ नेतातिर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

हाम्रा उच्च हिमालमाथि दलियो कालो,झुक्यो मस्तक
जो नेता चुनिए सबै हुन पुगे ती ढाँटका पुस्तक
आफ्नै स्वार्थ र गूटखातिर जुटे बिर्सेर चारैतिर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

हाम्रा यान युरोप उड्न नदिने विश्वास नै छैन रे
वर्षौंदेखि उडान बन्द हुनुले पेशा बिचल्ली परे
हामी नै उनका निमित्त खतरा हुन्छौं भने आखिर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

हामी विश्वप्रसिद्ध वीर अघिका ऐले हुँदा तस्कर
आफैं लज्जित छौं र कारक भने नेताहरू हुन् तर
खस्क्यो शान,इमान,शौर्य मनमा लाग्ने भयौं किर्किर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ?

नेता तस्कर बन्छ नागरिक नै बेचिन्छ मौका परे
दुब्लो न्यायनिसाफ दब्छ सजिलै जित्छन् उनै बर्बरे
पुर्खाको यशगानले कति तगोस् कच्चा भयो जञ्जिर
हामीले अब माथि पार्नु कसरी हाम्रो झुकेको शिर ??

०००
०८०/०९/११
काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेताहरू !

नेताहरू !

खोलाघरे साहिँलोे
असह्य

असह्य

खोलाघरे साहिँलोे
लुकेसरि बेहुलीले

लुकेसरि बेहुलीले

खोलाघरे साहिँलोे
बुख्याँचा

बुख्याँचा

खोलाघरे साहिँलोे
हाम्रो केक

हाम्रो केक

खोलाघरे साहिँलोे
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल