फित्काैली डटकमविराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय साहित्य संगाेष्ठी
न्तर्राष्टिय जन लेखक संघका कार्यकारी अध्यक्ष खेम नेपाली र बिराट साहित्य संगमका अध्यक्ष मधु पाेखरेलकाे संयुक्तरूपमा अध्यक्षता गरेकाे साे कार्यक्रमकाे उद्घाटन काेसी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गर्नु भएकाे थियाे ।

विराटनगर, २०८० पुस १२ । दुई दिने अन्तर्राष्ट्रिय साहित्य संगाेष्ठी एवम् द्वितीय अन्तर्राष्ट्रिय जन लेखक सम्मेलन साेमबार समुद्घाटन, कार्यपत्र प्रस्तुती र काव्य सम्मेलन तथा मंगलबार पर्यटन प्रवर्द्धनका लागि साहित्यिक भ्रमण गर्दै समापन भएकाे छ ।
साहित्यकार हरि बरालले नेपालकाे सन्दर्भमा जनलेखनकाे आैचित्य र प्रतिकवाद विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । अर्काे कार्यपत्र भारतकाे नागपुर स्थित महारेश्वरकी डा.सुशिला ठाकमाैरेले हिन्दी भाषामा प्रस्तुत गर्नु भएकाे थियाे ।
अन्तर्राष्टिय जन लेखक संघका कार्यकारी अध्यक्ष खेम नेपाली र बिराट साहित्य संगमका अध्यक्ष मधु पाेखरेलकाे संयुक्तरूपमा अध्यक्षता गरेकाे साे कार्यक्रमकाे उद्घाटन काेसी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले गर्नु भएकाे थियाे ।
काेसी प्रदेशकाे पर्यटन वन तथा वातावरण मन्त्रालय र बिरानगर महानगरपालिकाकाे सहयाेगमा भएकाे साे कार्यक्रम आयाेजक विराट साहित्य संगम तथा सह आयाेजक विष्णुमाया पुस्तकालय रहेकाे छ ।
मङ्गलबार कार्यक्रममा सहभागीहरुलाई साहित्यिक पर्उटनन प्रवर्द्धन हाेस् भनेर सुनसरीकाे रामधुनी, चतरा,बराहक्षेत्र तथा धनकुटाकाे भेडेटार भ्रमण गराइएकाे थियाे ।
कार्यक्रममा उदयपुरका माधव पाेखरेल गाेज्याङ्ग्रे, बाेधकुमार घिमिरे संखुवासभाका तारा बहादुर बुढाथाेकी, विराटनगरका विवश पाेखरेल, ऋतुवर्ण पराजुली प्रमाेद ढकाल, कविता केशरी लगायतका कविहरुले रचना वाचन गरेका थिए ।
साे कार्यक्रममा नेपाल र चारतका ५० जना कविहरुले नेपाली हिन्दी भाषाकाे कविता, गीत, गजल, मुक्तक वाचन गरेका थिए भने रचना वाचन गर्ने सबैलाई सहभागी प्रमाणपत्र वितरण गरिएकाे थियाे ।
०००
– माधव पाेखरेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































