साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘सुलेख’ साहित्यिक पत्रिकाकाे हास्यव्यङ्ग्य निबन्ध विशेषाङ्क प्रकाशित

आनन्द भारतीको ‘आगामी प्रधानमन्त्री’, शरद जोशीको ‘दुई जुत्ताको कथा’ र हरिशङ्कर परसाईंको ‘क्रान्तिकारीको कथा’ शीर्षकको अनुवाद प्रकाशित छन् । समालोचना/समीक्षा अन्तर्गत गोपी मैनालीको ‘शब्द-शब्दसँग खेल्ने भैरव अर्यालका...’, ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य निबन्धहरूको सँगालो’, प्रमोद प्रधानको ‘रामकुमार पाँडेका हास्यव्यङ्ग्य...’

Nepal Telecom ad

काठमाडौं, २०८० पुस १३ । हास्यव्यङ्ग्य पाठकले जति बढी रूचाए पनि बजारमा तत्सम्बधी कृति र रचनाहरूकाे अभाव छँदै छ । याे अभाव खड्किँदै गएकाे दशक नै बिते पनि यसतर्फ प्रकाशक एवम् हास्यव्यङ्ग्य काम गरिरहेकाे संस्थाहरूकाे ध्यान गएकाे देखिन्न ।

यही अभाव र खाेजीका बीच नियमित प्रकाशित हुँदै आएकाे ‘सुलेख’ साहित्यिक मासिक पत्रिकाले आफ्नो अङ्क ८ पूर्णाङ्क १३५ लाई हास्यव्यङ्ग्य विशेषाङ्कका रूपमा प्रकाशित गरेको छ । बाजुराम पाैडेलकाे सम्पादकत्वमा प्रकाशित ‘सुलेख’ काे  यस विशेषाङ्कभित्र दुई दर्जन भन्दा बढी हास्यव्यङ्ग्य स्रष्टाका हास्यव्यङ्ग्य निबन्ध प्रकाशित छन् ।

तीनजना ख्यातिप्राप्त स्रष्टाका तीन महत्वपूर्ण हास्यव्यङ्ग्य सामग्रीकाे नेपाली अनुवाद समेत समावेश गरिएकाे छ । आनन्द भारतीको ‘आगामी प्रधानमन्त्री’, शरद जोशीको ‘दुई जुत्ताको कथा’ र हरिशङ्कर परसाईंको ‘क्रान्तिकारीको कथा’ शीर्षकको अनुवाद प्रकाशित छन् ।

त्यसैगरी यसअङ्कमा हास्यव्यङ्ग्य कृतिहरूमा केन्द्रित चारजना समीक्षकहरूकाे समालोचना तथा समीक्षा समेटिएका छन् ।  गोपी मैनालीको ‘शब्द-शब्दसँग खेल्ने भैरव अर्यालका…’, ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य निबन्धहरूको सँगालो’, प्रमोद प्रधानको ‘रामकुमार पाँडेका हास्यव्यङ्ग्य…’ र अच्युत घिमिरेको ‘अथा हाकिमोऽवाच’ माथि सामान्य दृष्टि यसमा परेका छन् ।

यस अङ्कमा कृष्ण प्रधानको ‘मेरो नामको डर’, गायत्री लम्सालको ‘कुकुरजात्रा’, दिलीप अर्यालको ‘बसिबियाँलो’, देवीप्रसाद चापागाईंको ‘अङ्ग प्रत्यारोपणको भूकम्प’, नगिता लेप्चा राईको ‘कुराको कैरन’, नरनाथ लुइँटेलको ‘जुकाज्यूसँग जम्काभेट’, नरेन्द्रराज पौडलको ‘अथ श्री पालिका पुराणम्’ जस्ता निबन्ध यस अङ्मा परेका छन् ।

यसैगरी निरुत्तर शर्माको ‘नाम र काम एउटै धाम’, परशुराम परासरको ‘जन आन्दोलन’, पिँडालु पण्डितको ‘धाकका धोक्रा’, पुण्य कार्कीको ‘फेसबुक कि फँसबुक’, प्रमोद गिरीको ‘रोटी’, डा. बमबहादुर थापा ‘जिताली’को ‘महान् नाइके, टाउके र लाउकेका जहान’, बालकृष्ण श्रेष्ठ पासाको ‘मान’, माणिकरत्न शाक्यको ‘धितोको सुन’, शीर्षका लामा छाेटा व्यङ्ग्य सिर्जना समेटिएका छन् ।

त्यसै गरी माधव पोखरेल ‘गोज्याङ्ग्रे’को ‘मिलनसार उपहार’, मुकुन्द आचार्यको ‘घुमिफिरी रुम्जाटार’, मुन पौडेलको ‘राशिफलको बडेमाको फल’, युवराज मैनालीको ‘अष्टचार ओलम्पिक-२०२३’, रत्ननिधि रेग्मीकाे ‘सुन्ने समय’, रेहित सैंजुको ‘हाँसो’, लक्ष्मण गाम्नागेको ‘असफल वैवाहिक जीवन’, विमल भौकाजीको ‘बाह्य कार्य’, सर्वज्ञ वाग्लेको ‘दमदार दमडी’ र डा. सुवास प्याकुरेलको ‘आफ्नै हातमा डाडुपन्यौ’ शीर्षकका निबन्धहरू प्रकाशित छन् ।

यस अङ्ककाे सम्पादकीयमा ‘आफू विकृत बनेर अरुलाई हसाउनु पर्ने र आफ्ना कमजोरी देखाएर अर्कालाई व्यङ्ग्यवाण प्रहार गर्नु पर्ने हास्यव्यङ्ग्य लेखनकाे विशेषता हाे, तर  अध्ययन, चिन्तन र सकेसम्मका कडा साधनाको आवश्यकता पर्ने स्वतः सिद्ध देखिन्छ ।’ भनिएकाे छ ।

हास्यव्यङ्ग्य लेखन अलि सुस्ताउँदै गएकाे पृष्ठभूमिमा एउटा मासिक साहित्यिक पत्रिकाले अहिले सक्रिय रहेका हास्यव्यङ्ग्य स्रष्टाहरूका यतिकसाे सामग्री बटुलेर हास्यव्यङ्ग्य विशेषाङ्क प्रस्तुत गर्नु सह्रानीय त छँदैछ, तथापि यसलाइ अझै बिस्तारित गरेर ठूलाे आकारमा प्रस्तुत गर्न पाएकाे भए सुनमा सुगन्ध हुने थियाे ।

०००
– रेहित सैजु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x