साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहराको आठौं वार्षिकोत्सव तथा स्रष्टासम्मान

नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा तथा आख्यानकार बखतबहादुर थापालाई अभिनन्दन, संस्थापक सदस्यहरूमध्येबाट डा. खगेन्द्रनाथ शर्मा, शीतल गिरि र प्रकाशमणि दाहाल तथा  रचनावाचकहरू मध्येबाट घनश्याम प्रसाईं र रत्ननिधि रेग्मीलाई सम्मानित गरिएको थियोे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस १४ । मनोहरा साहित्य समाज, पुरानो सिनामङ्गल काठमाडौको आठौं वार्षिकोत्सव तथा ८४ अ‍ौं रचनावाचन शृङ्खला शनिबार ग्लोबल स्कूलको सभाहलमा सम्पन्न भएको छ ।

संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको यो कार्यक्रमका अध्यक्ष डिल्लीराज अर्याल, प्रमुख अतिथि कविवर प्रह्लाद पोख्रेल र विशेष अतिथिहरूमा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, ग्लोबल स्कूलका प्रिन्सिपल मातृका कार्की, सुपरिचित नियात्राकार प्रतीक ढकाल, नगर समाजका अध्यक्ष विजयराज पौडेल , डा. रमेश शुभेच्छु लुइँटेल हुनुहुन्थ्यो ।

प्रमुखअतिथिबाट पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेपछि सामुहिक राष्ट्रियगान गरियो । अध्यक्ष डिल्लीराज अर्यालले कविशिरोमणि लेखनाथ पौडेल र कविवर भूपि शेरचनका केही पंक्तिहरू र स्वागत मन्तव्यका साथै रचनावाचनको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा तथा आख्यानकार बखतबहादुर थापालाई अभिनन्दन, संस्थापक सदस्यहरूमध्येबाट डा. खगेन्द्रनाथ शर्मा, शीतल गिरि र प्रकाशमणि दाहाल तथा  रचनावाचकहरू मध्येबाट घनश्याम प्रसाईं र रत्ननिधि रेग्मीलाई सम्मानित गरिएको थियोे ।
सातै जना भाषा/ साहित्यसेवीहरूको परिचय खोलाघरे साहिंलाले दिनु भयो भने उहाँहरूका सम्मानपत्र सुमन पुडासैनी, सम्पत् काफ्ले र खोलाघरे साहिंलाले वाचन गर्नुभएको थियो ।

सम्मान /अभिनन्दन अर्पणपछि सम्मानित मध्येबाट शीतल गिरिको धन्यवाद मन्तव्य रहेको थियो । मन्तव्य र सानो कथासमेत बखतबहादुर थापाले राख्नुभयो । घनश्याम प्रसाईं र रत्ननिधि रेग्मीले धन्यवाद ज्ञापनसँगै गीत/कविता प्रस्तुत गर्नुभयो भने रमा शर्माले हार्दिक आभार व्यक्त गर्नुभयो । साहित्यकारहरू गणेश खतिवडा, शान्ति शर्मा, शिवराम खड्का, लीलाराज दाहाल लगायत चार कोरी जतिको उपस्थिति रहेको यो कार्यक्रममा ,रचनावाचकहरूमा-

डिल्लीप्रसाद मुल्तिहुन, एन बी जनकपुरी, ओमप्रसाद कोइराला, रुबी सत्याल, उषा बस्ताकोटी खनाल, केशव ज्ञवाली” आगत”, भोजराज मुखाले, सरिता दुलाल घिमिरे, धरणीधर गुरागाईं, टीपी बराकोटी, बुद्धिसागर पौडेल, रूद्र अधिकारी, मातृका कार्की (मन्तव्यसमेत), विजयराज पौडेल(मन्तव्यसमेत), सूर्यप्रसाद डुम्रे, राजेन्द्रकुमार वज्राचार्य, माधव श्रेष्ठ, टी एन भट्ट विश्वामित्र, भावना न्योपाने, प्रेमनाथ घिमिरे, सरिता पराजुली, पर्शुराम पराशर हुनुहुन्थ्यो ।

विशेष आमन्त्रित गोविन्द घिमिरे वेदमणिले मन्तव्यको क्रममा मनोहरा साहित्य समाजको कोषमा रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभयो । विशेष व्यक्तित्व प्रतीक ढकालले रोचक अनुभवमिश्रित मन्तव्य दिनुभएको थियो ।

वाचित रचनाहरूको संक्षिप्त समीक्षा- रमेश शुभेच्छुले गरेपछि प्रमुख अतिथिको सारगर्भित मन्तव्य रहेको थियोे । उपाध्यक्ष जशध्वज गुरुङले सबैमा हार्दिक धन्यवाद अर्पण गरेपछि सभा विसर्जन भएको थियो ।

०००
– खाेलाघरे साहिंलाेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x