साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामाकाे बठ्याँइ

माइजू माछा मासुकाे कट्टर बिराेधी, तपाइँले खसीकाे खुट्टाकाे मासु खाएकाले मेराे खुट्टाे दुखेकाे हाे भन्ने त भित्री मासु खाँदा पेट दुख्याे भन्ने हैरानै पार्ने काम भएछ ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा  :

प्रभात भ्रमणमा थिएँ म मिश्रमामा सरासर मतिरै आउनुभाे । सदाझैं विशेष कुरा गर्ने सुरमा थिएँ म । मलाई देख्नासाथ हाँस्न पाे थाल्नुभाे मामा त । हुन त बेसारे मामा त ठहरे मलाई देख्नासाथ हाँस्ने बानी उहाँकाे ।

आज त झन विशेष छ जस्ताे लाग्याे । म पनि पहिले त बिनाकारण हाँसें । के छ त नि मामा ! भनेर बाेल्न मात्र के खाेजेकाे थिएँ जबाफ नदिई फेरि हाँस्दै हातकाे सानू पाेकाे देखाउनुभाे मामाले ।

मैले पाेकाे आफ्नै हातले समातें । खाेस्छ कि जस्ताे लागेछ मामालाई पाेकाे आँफैतिर तान्दै भन्नुभाे बेइजत नगर्नाेस्र बाबू !

म झन हेर्न आतुर भएँ । पाेकाे खाेलेर हेरेकाे त त्यहाँ करीव एक पाउ जति मासु रहेछ । मैले मासु हेरेपछि मामा झनै लज्जित हुन थाल्नुभाे । कारण के रहेछ जिज्ञाशा जाग्याे । अनि त मामाले नै रहस्य खाेल्नुभाे ।

मिश्रमामा माम्साहारी तर माइजू माछा मासुकाे कट्टर बिराेधी पर्नु भएछ । माछा मासु नखान भन्ने रे मामालाई पनि । मामा नमान्ने । माइजूले एउटा अकक्ल अज्माउनु भएछ ।

मामाले टाउकाकाे मासु खाँदा टाउकाे दुख्याे भनेर सुत्ने कराउने, खुट्टाकाे मासु खाएका बखत ऐया नि ऐया खुट्टा दुख्याे । तपाइँले खसीकाे खुट्टाकाे मासु खाएकाले मेराे खुट्टाे दुखेकाे हाे भन्ने भित्री मासु खाँदा पेट दुख्याे भन्ने हैरानै पार्ने काम भएछ ।

त्यसैले आज विशेष अक्कल लडाउनुभएकाे रहेछ । आज त खसीकाे राजखानी ल्याउनुभएकाे रहेछ ।

मामाका याे अक्कल सुनाएपछि चाहिँ हामी दुवैजना पेट मिचि मिचि हाँस्याैं । कारण माइजूकाे राजखानी नै छैन । अब के दुखाेस् त ?

०००
नयाँ वानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x