साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्भीकजङ्गको ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक

प्रमुख अतिथि, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईलगायत अतिथि कविद्वय श्यामल र मोमिला जोशीले एकसाथ सार्वजनिक गर्नुभएको थियोे ।

Nepal Telecom ad

काठमाडौँ, २०८० पुस १३ । एक दशकदेखि कविता र निबन्ध विधामा साधनारत कवि निर्भीकजङ्ग रायमाझीद्वारा रचित कवितासङ्ग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’को सर्वनाम थिएटर, काठमाडौँमा प्रमुख अतिथि, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईलगायत अतिथि कविद्वय श्यामल र मोमिला जोशीले एकसाथ सार्वजनिक गर्नुभएको थियोे ।

यसै क्रममा कुलपति राईले ‘कवि निर्भीकजङ्गलाई खरो प्रश्न गर्ने एक युवाको रूपमा मैले सुरुमा चिनेको थिएँ । यसपछि निर्भीकका कविता पढ्दा निकै ईर्ष्यालाग्दो पाएँ । त्यसैले म उनीबाट धेरै प्रभावित भएको छु ‘ भन्नुभएको थियोे ।

कार्यक्रममा कवि श्यामलले पाठकको मन छुने शक्ति निर्भीकजङ्गका कवितामा रहेको बताउनुभएको थियोे । उहाँले कविताको लयविधानलाई आत्मसात् गरेर कविता लेख्ने निर्भीकजङ्गमा ‘क्रियटिभ पागलपन’ रहेको बताउनु भएको थियो ।

कार्यक्रममा कवि मोमिला जोशीले कवि निर्भीकजङ्ग रायमाझी सामान्य विषयमा पनि मिठा र भावमय कविता रच्नसक्ने सामर्थ्य भएका युवा पुस्ताका लोभलाग्दो कवि भएको बताउनुभएको थियोे ।

कार्यक्रमको समापनका क्रममा कवि निर्भीकजङ्ग रायमाझीले कुनै कुरा सोच्दा पनि कविता लेखनको परिकल्पना आउने गरेको बताउनुभएको थियोे। उहाँले आफ्नो कवितासङ्ग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’सहित भान्सामा बुद्व,आँखीझ्याल, हिउँको टिका र मेरो पनि एउटा देश थियोे’ शीर्षकका कविता वाचन गर्नुभएको थियोे । कार्यक्रममा उक्त कवितासङ्गहबाट सृजु सरलले केही कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घोषण कवि नरेन्द्र नगरकोटीले गर्नुभएको थियोे । कवि निर्भीकजङ्ग रायमाझीद्वारा लिखित कविता, निबन्ध र रिपोर्टिङहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन्। कवि रायमाझीद्वारा रचित तथा कलम प्रकाशनद्वारा प्रकाशित कवितासङ्ग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’मा ५० वटा कविता सङ्गृहीत छन् । यसभित्र सामाजिक विकृति र विसङ्गति, प्रेमशृङ्गार, राजनीति, सामाजिक विभेद र मानवीय संवेदना केन्द्रित विषयवस्तुलाई समेटिएको छ ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x