फित्काैली डटकमकविशिरोमणि लेखनाथ जयन्तीमा प्रा.डा.खेम कोइराला सम्मानित
सम्मानित व्यक्तित्वले आफ्ना प्राद्यापकीय र साहित्यिक साधनाका सन्दर्भ र लेखनाथ पौड्यालको योगदानको चर्चा गर्नुभयो भनें साहित्यकार श्रीरामसिंह बस्नेतले सम्मानित व्यक्तित्वमाथि प्रकाश पार्नुभएकाे थियो।

काठमाडौं, रानीवन, २०८० पुस १४ । मञ्जुश्री साहित्यिक समाजको आयोजनामा खेम कोइराला बन्धुलाई मञ्जुश्री साहित्यिक सम्मान समर्पण गरियो।
त्यस अवसरमा सम्मानित व्यक्तित्वले आफ्ना प्राद्यापकीय र साहित्यिक साधनाका सन्दर्भ र लेखनाथ पौड्यालको योगदानको चर्चा गर्नुभयो भनें साहित्यकार श्रीरामसिंह बस्नेतले सम्मानित व्यक्तित्वमाथि प्रकाश पार्नुभएकाे थियो।
विशेष कविता वाचनसमेत रहेको उक्त समारोहमा गङ्गा लिगल, डाक्टर सीता सुवेदी पन्थी, डाक्टर भरत कुमार भट्टराई, मदनराज थापा,दुर्गा अधिकारी भमरकोटे, खगेन्द्र खोल्साघरे, राजन बिक्रम थापा, सुरेशकुमार भट्ट, निरप्रसाद तिमल्सेना, चन्द्रा न्यौपाने सरला ओझा लगायत उपस्थित सबैजसो कविले विशेष कवितावाचन गर्नुभएको थियो।
डा. बमबहादुर थापा जितालीको सभापतित्वमा सञ्चालित उक्त समारोहको सञ्चालन रामरञ्जन पौडेलले गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष ध्रुवराज पौडेल तथा धन्यवाद ज्ञापन सचिव वीरबहादुर लोहनीले गर्नुभएको थियो ।
सभापति डा. बमबहादुर थापा जितालीले समग्र कार्यक्रमको समीक्षाका साथ सभा विसर्जन गर्नुभएको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest





































