साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्साहबको रमाइलो

"हाम्रो प्रेसमा अक्षरको पनि कमी छ । फेरि तपाईंको यो भाषामा अलिक बढीनै गु चाहिन्छ गु नै गु । हाम्रोमा गु कम छ । फेरि प्रूफ हेर्ने पनि कोही छैन ।"

Nepal Telecom ad

हाेम सुवेदी :

जगदम्बा प्रेसमा नित्य आउनेमध्ये मदनमोहन मिश्र पनि हुनुहुन्थ्यो । उहाँ नेपाल वा नेवारी भाषा बोल्ने वक्तासँग सोही भाषामा कुराकानी गर्ने ।

एक दिन उहाँले नेपाल भाषामा लेखिएको एक किताब छाप्नका लागि प्रेसमा लिएर आउनुभयो । अब यस भाषाको प्रूफ हेर्नु मेरो वशको कुरा थिएन । न म भाषा बोल्दथेँ न शुद्धाशुद्धिको त्यस भाषाको ज्ञान थियो । मनमोहनज्यूलाई लिएर मास्साहबका सामु गएँ र भनेँ “खै यो ता मेरो वशको कुरा भएन मास्साहब ।”

प्रेसमा पञ्चपाला वा केसमा अक्षरहरु रहेका हुन्थे । कम्पोजिटरले आफ्ना चारैतिरका साना सयौँ खोपिल्टामा राखिएका सिसाका उल्टा अक्षरहरु टिपेर बिस्तारै कम्पोज गर्दथे । अलग अलग अक्षरहरुलाई मिलाएर राख्नु नै कम्पोजिटरको काम हुन्थ्यो । त्यसैको मसी लगाएर कागतमा प्रिन्ट निकालेर प्रूफ हेरिन्थ्यो । यस्तो गर्दा अक्षरको कमी हुन सक्थ्यो । कुनै अक्षर सकिएर कामै रोकिन सक्थ्यो । यही अप्ठेरो अनुभव गरेर उहाँले मनमोहनज्यूतिर हेरेर भन्नुभो “हाम्रो प्रेसमा अक्षरको पनि कमी छ । फेरि तपाईंको यो भाषामा अलिक बढीनै गु चाहिन्छ गु नै गु । हाम्रोमा गु कम छ । फेरि प्रूफ हेर्ने पनि कोही छैन ।”

‘भाषामा गु ??’ मलाई भित्रभित्रै हाँस उठ्यो ।
म निकै छक्क परेँ यो भाषामा कसरी गु बढी चाहिन्छ हँ । मेरो मथिङ्गल अलिक चक्करायो । तर मनमोहनजीले बुझ्नु भएछ पहिले केही नबोले केही पछि यति भन्नु भो- “हो हुन ता यहाँ अलिक बढी नै गु चाहिन्छ ।”

“किन यसमा गु चाहिन्छ ? के हो गु चाहिन्छ भनेको ?” मैले सोधेँ हाँसोलाई कसै गरी थामेर ।

अनि पो उहाँले व्याख्या गर्नु भो “कतै छङ्गु , कतै झिगु, कतै गुँला, कतै छङ्गुला, कतै गुँलागा कति धेरै गु चाहिन्छ चाहिन्छ नि !”

अनि पो मैले अक्षरको केसमा ‘गु’ वा ग वर्णको र त्यसमा जोडिने उकार को कमी हुने रहेछ भन्ने बुझेँ अनि मरी मरी हाँसे । किताब फिर्ता गरिदिएँ मदन मोहनज्यूलाई ।

सायद आजसम्म मदनमोहनजी हुनुहुन्छ हुनुहुन्न कुन्नि अहिले केही थाहा छैन । सायद पाँडे पुराणका रामकुमारजीलाई उहाँबारे थाहा होला कि।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x