साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीद्वारा वेदविज्ञ तिलक लुइँटेलप्रति श्रद्धाञ्जली अर्पण

तिलकप्रसाद लुइँटेल गुरुप्रति श्रद्धाञ्जली सभाको आयोजना गरि आधुनिक साहित्य परिषद र राष्ट्रिय सुसेली मञ्च नेपालका तर्फबाट श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेको छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस १७ । आधुनिक साहित्य परिषदले आज सुखशान्ति मिडिया हल माछा पोखरीमा तिलकप्रसाद लुइँटेल गुरुप्रति श्रद्धाञ्जली सभाको आयोजना गरि आधुनिक साहित्य परिषद र राष्ट्रिय सुसेली मञ्च नेपालका तर्फबाट श्रद्धाञ्जली पत्र हस्तान्तरण गरेको छ ।

२०८० पुस १० गते महाप्रस्थान हुनुभएका लुइँटेलको आज आठौं दिन हो । कार्यक्रममा उपस्थित कवि साहित्यकार पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, सुसेली मञ्चकी सल्लाहकार चन्द्रा न्यौपाने, आधुनिक साहित्य परिषदका अध्यक्ष मुरलीप्रसाद ढकाल, सुख शान्ति मिडियाका अध्यक्ष दामोदर ढकाल दिपक, सुसेली मञ्चकी उपाध्यक्ष सुशीला ढकाल अधिकारी, सुसेली मञ्चका कोषाध्यक्ष कृष्ण केसी, पूर्व सेनानी टंक बहादुर बजगाई, विश्व साहित्य महासंघका केवी पौडेल, कवि सानू शर्मा, कवि पार्वती घिमिरे पौडेलज्यूले तिलक गुरुको फोटोमा माल्यार्पण गरि सम्झना गर्दै श्रद्धाका शब्दहरू अर्पण गर्नु भएको थियो ।

चार वेद लगायत अनेकौं ग्रन्थका अनुवादक तथा कवि साहित्यकारका पथप्रदर्शक तिलक गुरुले नेपाली साहित्यमा पुर्‍याउनु भएको कार्यको उच्च मूल्यांकन हुनुपर्ने र उहाँको स्मृतिमा साहित्य संस्था तथा साहित्यकारहरूले हरेक वर्ष स्मृति दिवस मनाउँदै उहाँका कृति मार्फत सधैंका लागि अमर बनाउन आफ्नो आफ्नो तर्फबाट पहल गर्नुका साथै सरकारी संयन्त्रलाई घच्घच्याउने कार्यक्रम अघि बढाउने कुरामा सबैले जोड दिनु भएको थियो ।

यसैगरी आर्थिक अभावका कारण कुनै पनि साहित्यकारले ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले कोषको स्थापना गर्नुपर्ने कुरामा सबैजना सहमत हुनुभएको थियो ।

०००
– दुर्गा अधिकारीद्वारा संप्रेषित

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x