साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परमादेश

ए बूढा, ए बूढा, कति घुरेको ? के के देखेको हो ? आज जापानी पाहुनाहरू घरमा आउने भनेको होइन ? सपनामा पनि उही, छन्द, बहर, गजल, कविता, उही लघुकथा त होला !

Nepal Telecom ad

धनराज गिरी :

असी जिल्लाका गजलकारहरू जम्मा भएका छन्, सबै वसीम बरेलवी मार्का, बहरमा गजल लेख्नेहरू। आजाद लयमा लेख्नेहरूलाई निषेध गरिएको त छैन, तर आएनन् । विद्यावारिधि गर्नेहरू सत्रजना, अग्लो मन्चमा। जगजीत सिंह पनि लज्जित हुने स्वर र सुरले सज्जित गजल गायकहरूको उपस्थिति छ। उद्घोषक गालिबनारायण जफरले ३६ जनालाई मञ्चमा राखे । यता गजलो गो गिरिजाप्रसाद सापकोटाले ७४ जनालाई सम्मान गरे,उनी गजलमञ्च विचित्रवनको पृथ्वीनारायण शाह। अचानक,

” ए को हो ? किन हो ? को हो ? ” भीडमा खैलाबैला, किन कि कार्यक्रम स्थलमा एक युवती ५ बाछाहरू, बहर, लिएर प्रवेश गरिन्।

बहरहरू अनुशासनमा रहे, जहाँ खाली थियो, त्यहाँ उग्राएर उभिए। “ए नानी, तिमी को हौ ? यी बहरहरू किन हो ? ” निदा फाजली अल्छीले सोधे, परिश्रमी हेरिरहे।

अचम्म, बहरको ढाड छोपिएको थियो। नानीले आफ्नो परिचय दिएर बोलिन्, “म शायरा नूर जहाँ बोझिल पलके, मेरा गजल गुरु साहेब बशीर बद्र आवाजले गजल बहरमा लेख्नुपर्छ भन्नुभयो। “बहरमा गजल !” लेखेर ल्याएकी छु। जम्मा पाँच शेर !”

बहरहरूको ढाडबाट कपडा हटाइयो। पाँच शेर, हरेक बहरको ढाडमा एक शेर ! “यो हो नयाँ प्रयोग !ताली, ताली, ताली!” एउटा वनमारा चिच्यायो। प…. र बसेर दमकनारायण मुग्लाने गुरु मुसुमुसु ! पन्थी र कोइराला हमनाम नानीहरू मज्जाले हाँसे।

“ए बूढा, ए बूढा, कति घुरेको ? के के देखेको हो ? आज जापानी पाहुनाहरू घरमा आउने भनेको होइन ? सपनामा पनि उही, छन्द, बहर, गजल, कविता, उही लघुकथा त होला ! मसित वार्ता गर्ने होइन । पानी खत्याउन पर्ने भो !”

छन्देश्वरी वाग्देवी गिरोपाध्यायको उषा उथुपमय स्वरले नीद गायब। “गुरुको परमादेश, बहरमा गजल …. ” सपना आइरह्यो । प्रोफेसर जगमोहन आजाद जुरुक्क उठ्यो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x