साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाँगुनारायण साहित्यिक समाजले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्दै

प्रतियाेगिताका लागि समाजले सूचना प्रकाशित गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक कविका कविता यही २०८० पौष मसान्तसम्म पठाइ सक्नुपर्ने उल्लेख गरेको छ ।

Nepal Telecom ad

भक्तपुर २०८० पुस १७ । चागुनारायण साहित्यिक समाज भक्तपुरले राष्ट्रव्यापी खुला कविता प्रतियोगिता २०८०आयोजना गर्ने भएको छ ।

प्रतियाेगिताका लागि समाजले सूचना प्रकाशित गर्दै प्रतियोगितामा सहभागी हुन इच्छुक कविका कविता यही २०८० पौष मसान्तसम्म पठाइ सक्नुपर्ने उल्लेख गरेको छ ।

कविता २०० शब्दमा नबढाई लेखिएको हुनुपर्ने, गद्य,पद्य दुवै कविता प्रतियोगितामा समावेश गरिने, कुनै पनि सञ्चार माध्यम र पुस्तकमा प्रकाशित नगरिएको, गाली गलोज र राजनीतिक पूर्वाग्रह रहित, समसामयिक विषयमा लेखिएको हुनुपर्ने, कविता नेपाली भाषामा प्रीति फन्टमा लेखिएको हुनुपर्ने, कविता ईमेल ठेगाना clsociety11@ gmail.com मा पठाउन सकिनेछ । थप जानकारी लिनुपर्ने भएमा ९८४१११२८७६,९७४१६६४११६, ९७६७२३४३६० सम्पर्क गर्न सकिनेछ ।

सहभागी कवितामा २० उत्कृष्ट कविता छनौट गरी कविलाई वाचनका निमित्त जानकारी दिइने जनाइएको छ । त्यस्का लागि कविले कविताका साथमा आफ्नो फोटो, सम्पर्क नं. र स्पष्ट ठेगाना उल्लेख गर्नुपर्ने छ ।

छनौटमा परेका उत्कृष्ट ५ कविता क्रमशः प्रथम, द्वितीय, तृतीय र दुई सान्त्वना लाई नगद १० हजार, ७ हजार, ५ हजार, २ हजार ५००, २ हजार ५०० र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ ।

कविताको अन्तिम नतिजाको कार्यक्रम चागुनारायण मन्दिर परिसरमा आयोजना गरिने, सोही कार्यक्रममा समाजको स्मारिका र स्रष्टाक कृति विमोचन समेत गरिने भएकोले त्यसको मिति तय गरी उत्कृष्ट २० मा पर्नुहुने कविहरूलाई जानकारी दिइने सूचनामा उल्लेख छ ।

०००
– डिल्लीप्रसाद मूलतिहुनद्वारा संप्रेषित 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x