साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रामराज्य

मिसिन गन तेर्साउँदै उसले भन्न थाल्यो, "नेताजीलाई कुबाटो हिडाउने हैन ? अब मर्न तयार हो दलालहरु !" एकैक्षणमा सारा दर्शकहरु सोतर भए।

Nepal Telecom ad

पीपी कोइराला :

कास्टिङ शुरु हुँदै थियो। राष्ट्रीय गीतको धुनमा शहीदहरुको नाम आयो।त्यसपछि गाईनेको सारङ्गीको धुनमा आन्द‍ोलनका घाइते विधुवा र टुहुराहरुले रुँदै दुखेसो पोखेको पीडादायक दृश्य आयो।

ती कपाल सेतै फुलेका बृद्ध गाइने बाले विरहको गीत पनि गाउँदै गरेको दृश्य आयो । हलभित्रका कार्यकर्ताहरु धुन सुनेपछि बेलुकाको रक्शीको नशामा भावुक भएको नाटक गर्दै चुपचाप हेरिरहेका थिए।

अचानक बत्ती झ्याप्पै निभ्यो । अनि ड्याङ- ड्याङको आवाज आयो। त्यसपछि मुर्दा उठाउने बेलाको झैं शंखको एकोहोरो धुन आयो । सबै अतालिए । तुरुन्तै बत्ती झलमल्ल बले पनि फिल्म आएन। बरु अकस्मात पर्दाबाहिरै बाट एउटा डाका जस्तो स्वरुपको मान्छे देखियो।

मिसिन गन तेर्साउँदै उसले भन्न थाल्यो, “नेताजीलाई कुबाटो हिडाउने हैन ? अब मर्न तयार हो दलालहरु !”
एकैक्षणमा सारा दर्शकहरु सोतर भए।

त्यहि समयमा हल बाहिर एक पत्रकार अन्तर्वार्ता लिदै थिए,- “कोतपर्व जस्तै गर्नु भयो त नेताज्यू ?”

बुढा भैसकेका तर सिंहजस्तै गर्जन सक्ने इमान्दार नेताले जुङ्गामा ताउ लाउँदै हाँस्दै भने- “जैले पनि विपक्षीहरुको पोल सुनाउँथे । देश र जनता को भलाई भन्दा पनि खाली आफ्नै स्वार्थ अघि सार्थे!त्यसैले छानी छानी बोलाएर समाप्त गरिदिएँ , रावणहरुलाई ।”

०००
धरान- १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x