साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा भानुभक्त कुभिण्डेलीकाे महाकाव्य ‘लावण्य मञ्जरी’ लाेकार्पण

बानेश्वर बहुमुखी क्याम्पसको हलमा सम्पन्न लाेकार्पण कार्यक्रममा प्रह्लाद पोखरेल, डा विष्णु राई, फित्कौली डटकमका प्रधानसम्पादक नरनाथ लुइँटेल, मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहाल, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने बलराम पोखरेलको विशिष्ट आतिथ्य रहेको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८० पुस २० गते । रावा कुभिण्डे सेवा समाज काठमाडौंद्वारा आयोजित डा. केदार न्यौपानेको प्रमुख आतिथ्यतामा कवि तथा महाकाव्यकार भानुभक्त कुभिण्डेलीको लावण्य-मञ्जरी महाकाव्य लोकार्पित भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ छन्द कवि प्रह्लाद पोखरेल, प्राध्यापक डा. विष्णु राई, फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेल, मुक्तिनाथ दर्शन साहित्य समाज, काठमाडौंका अध्यक्ष कलानिधि दाहाल, वरिष्ठ महाकाव्यकार चन्दप्रसाद न्यौपाने हुनुहुन्थ्यो । विशेष अतिथिमा बलराम पोखरेल, नारी स्रष्टा समाज कोशी प्रदेशकी अध्यक्ष ममता मृदुल, राममणि पोखरेल (उदयपुर) हुनुहुन्थ्यो ।

राष्ट्रिय गीतबाट शुरू भएकाे कार्यक्रममा कैलाश निरौलाले स्वागत मन्तव्य सहित कार्यक्रममा उपस्थित अतिथि तथा दर्शक महानुभावलाई स्वागत गर्नु भएको थियो ।

महाकाव्य ‘लावण्य मञ्जरी’ माथि वरिष्ठ छन्द कवि प्रल्लाद पाेखरेल र कृष्ण प्रसाईंले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने प्राध्यापक डा. विष्णु राई, फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेल, मुक्तिनाथ दर्शन साहित्य समाज, काठमाडौंका अध्यक्ष कलानिधि दाहाल, वरिष्ठ महाकाव्यकार चन्दप्रसाद न्यौपाने, बलराम पोखरेल, नारी स्रष्टा समाज कोशी प्रदेशकी अध्यक्ष ममता मृदुलले शुभकामना तथा मन्तव्य राख्नुभएको थियो भने कल्पना भट्टराई र मीना अधिकारी (झापा) ले कुभिण्डेलीद्वारा रचित महाकाव्यको केही श्लोक वाचन गर्नुभएको थियो ।

यस्तै अन्य अतिथि स्रष्टाहरूमा रत्न विरही घिमिरे, जीवनाथ अधिकारी, कुशल वाचिका कल्पना भट्टराई, मीना अधिकारी, झापा, चूडाप्रसाद चौँलागाईं, डा. इन्दुल केसी, मधुसुधन घिमिरे, शङ्करप्रसाद मानन्धर, रामचन्द्र ढकाल, योगराज ढकाल, मधुसुधन लामिछाने, कुलप्रसाद पराजुली, लोमसकुमार न्यौपाने, कविराज न्यौपाने, केशवप्रसाद रुपाखेती, केशवराज मैनाली, विष्णुमाया मैनाली, शिवराम खड्का, गणेशप्रसाद खतिवडा, कृष्णप्रसाद पौडेल, सिकारु राम, शिव घिमिरे, गोपाल पराजुली, जानुका गुरागाईं, जितु गौतम, पदम दाहाल, प्रजापति तिमल्सिना, ममता मृदुल, रेहित सैँजु, चिरञ्जीवी सिग्देल, पेसल न्यौपाने, सुधा न्यौपाने, सरस्वती न्यौपाने, कविता न्यौपाने, कविराज घिमिरे, शङ्कर ढकाल, कल्पना अधिकारी लगायत धेरैको उपस्थिति थियो ।

यसैगरी कार्यक्रममा राजनकुमार पोखरेल, लक्ष्मण पौडेल, सुशील पोखरेल, लालबहादुर आले, दीपक पौडेल, युवराज पोखरेल, चूडामणि पोखरेल, लीला रेग्मी, तेजविनोद रेग्मी, टीकाराम रेग्मी, सुरेन्द्र श्रेष्ठ हरिकुमार श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, फडिन्द्र कोइराला, चूडामणि पोखरेल, टीकाराम रानामगर (कुभिण्डे), हुपबहादुर रानामागर, रामप्रसाद रेग्मी, राजनप्रसाद सुवेदी, तिलक श्रेष्ठ, झुमा पोखरेल, सुरेश हाचेकाली, रीता केसी पौडेल, जीतबहादुर मगराती, लक्ष्मण पौडेल, विमला पोखरेल, अनिरुद्र निरौला, कैलाश निरौला, कृष्णप्रसाद पोखरेलको उपस्थिति थियो ।

प्रमुख अतिथिको मन्तव्यपछि लेखक कुभिण्डेलीले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरी सभाका अध्यक्ष सीताराम पोखरेलले सारगर्भित भनाइसहित सभाको विसर्जन गर्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव गिरीराज राईले सञ्चालन गर्नु भएको थियो ।

०००
– रेहित सैजुद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x