साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानको १३१ औँ प्रविधिमैत्री कविगोष्ठी

संस्थाका अध्यक्ष भुवनहरि सिग्देलकाे अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देलकाे उपस्थितिमा सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस २१ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १३१ औँ नियमित प्रविधिमैत्री कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलकाे अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि पुरुषोत्तम सिग्देलकाे उपस्थितिमा सम्पन्न भयो ।

गोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, चारु, राग विराग र लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरे ।

साे अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, नरनाथ लुइँटेल, गङ्गा लिगल, दुर्गाप्रसाद सिग्देल, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, द्वारिका कुइकेल, सुधा बाँस्कोटा ढकाल, आर्त अकुलीन, जितु खड्का, उत्तम भेटुवाल र चन्द्रा न्यौपाने हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित पुरुषोत्तमले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको बताउँदै सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेको र छन्दको संरक्षण गरेको छ भन्नु भयो । उहाँले वाचित रचनाहरूको सुललित ढङ्गले समीक्षा समेत गर्नु भएको थियो ।

विशिष्ट अतिथि गङ्गा लिगलले साहित्यले समाजलाई सत्मार्गमा हिडाउँछ भन्नु भयो । साहित्यले भाषाको सेवा गर्दछ । देश विदेशमा देशलाई चिनाउँछ भन्नु भयो ।

सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले आज वाचित कविता कविशिरोमणि लेखनाथमा समर्पण गरियो भन्नु भयो । उहाँले कृतिशेषा वेदविज्ञ तिलकप्रसाद लुइँटेलमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नु भयो ।

कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।

महासचिव सुधा बाँस्कोटा ढकालले स्वागत गर्दै कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x