साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १५६अ‍ौं शृङ्खलामा २ कृति लोकार्पित

सुपरिचित साहित्यकार विजय चालिसेद्वारा अनूदित जापानी कथा "अभिशप्त रात" र प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलद्वारा लिखित उपन्यास "मखमली" को विधिवत् लोकार्पण सम्पन्न भएको हो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस २१ । सुरभि आख्यान प्रतिष्ठानको १५६अ‍ौं शृङ्खलाम प्रतिष्ठानको नियमित कार्यक्रमस्थल बेंसीगाउँ, ढोल्खाधारो, जोरपाटीमा आयाेजित कार्यक्रममा २ कृति लोकार्पित भएका छन् ।

सुपरिचित साहित्यकार विजय चालिसेद्वारा अनूदित जापानी कथा “अभिशप्त रात” र प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलद्वारा लिखित उपन्यास “मखमली” को विधिवत् लोकार्पण सम्पन्न भएको हो ।

मेनका आचार्य पोखरेलद्वारा सञ्चालित यस कार्यक्रमका अध्यक्ष गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो भने प्रमुख आमन्त्रितमा विशिष्ट व्यक्तित्व नरेन्द्रराज पौडेल हुनुहुन्थ्यो । स्वागतमन्तव्य पर्शुराम पराशरले दिनुभएको थियो ।

लोकार्पित कृति “अभिशप्त रात” को समीक्षा गोपी मैनालीले गर्नुभएको थियो भने “मखमली”को समीक्षा ठाकुर शर्मा भण्डारीले गर्नुभएको थियोे ।

शुभकामना मन्तव्य दिनुहुनेमा विश्वदीप अधिकारी, ईश्वरीप्रसाद लामिछाने र गोपाल भण्डारी ( धरान) हुनुहुन्थ्यो ।

प्रमुख आमन्त्रित नरेन्द्रराज पौडेल तथा अध्यक्ष गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको सकारात्मक टिप्पणीका साथै सारभूत कुरा सुनाउँदै सबैप्रति आभार अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा डा. बमबहादुर थापा जिताली, विमल अर्याल, ललिता दोषी, लीलाराज दाहाल, वसन्त रिजाल, खोलाघरे साहिंलो, विनयकुमार शर्मा नेपाल, शारदा पराजुली, बी पी इलामे, उदय निरौला, निर्मलरमण पराजुली, कात्यायन, कणाद महर्षि, राजेशमान केसी, सुशील अर्याल, युवराज मैनाली, रेशमबहादुर पाण्डे, रामचन्द्र दाहाल, विमल भौंकाजी, विष्णुप्रसाद पन्त, ध्रुव मधिकर्मी, डा. मनोज जोशी, कमल ज्ञवाली, शान्ति रिसाल, चूडाकुमारी गुरागाईं, भवानी सापकोटा अर्याल, रामप्रसाद पौड्याल लगायत तीन कोरीजति साहित्यकार/ साहित्यानुरागी /सभ्य श्रोताहरूको उपस्थिति रहेको थियो ।

दुवैजना सुपरिचित स्रष्टाहरूमा हार्दिक बधाइ ! दुवै कृतिहरूको सफलताका लागि हार्दिक शुभकामना !

०००
– खाेलाघरे साहिंलाेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x