फित्काैली डटकमनवपुस्तकालय सुकेधारामा श्रद्धाञ्जलि सभा
जेष्ठ नागरिक समाज तथा नव पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा विविध कोणबाट उनको व्यक्तित्वमाथि प्रकाश पार्दै श्रध्दासुमन व्यक्त गरियाे ।

काठमाडाैं, २०८० पुस २७ । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँ र जेष्ठ नागरिक समाजको आयोजनामा नवपुस्तकालय सुकेधाराको सभाकक्षमा चार वेद लगायत लगभग चालीस कृतिका अनुवादक, समीक्षक तथा सिर्जना क्षेत्रमा समेत कलम चलाउन लागेका तिलक लुइटेलको श्रध्दाञ्जलि सभा सम्पन्न भयो।
जेष्ठ नागरिक समाज तथा नव पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा विविध कोणबाट उनको व्यक्तित्वमाथि प्रकाश पार्दै श्रध्दासुमन व्यक्त गरियाे ।
श्रध्दासुमन व्यक्त गर्नेमा सुसेली नायक दुर्गा अधिकारी भँमरकोटे, मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका संस्थापक अध्यक्ष,आध्यात्मिक चिन्तक तथा कवि हरिभक्त सिग्देल, बहुआयामिक व्यक्तित्व तथा कवि पुरुषोत्तम दाहाल, वरिष्ठ युरोलोजिष्ठ तथा साहित्यकार डा.अर्जुनदेव भट्ट, पूर्व प्रशाशक, समालोचक तथा हास्यव्यङ्ग्यकार युवराज मैनाली, सुसेली तथा मुक्तककार सुचिता काफ्ले, गायक महेश रिजाल, साहित्यमा रुचि राख्ने हरि खनाल, मुक्तककार कल्पना बराल दाहाल र कलानिधि दाहाल रहेका थिए ।
सभापतित्व विष्णुप्रसाद पन्तले गरेकाे सभालाइ पन्तले श्रध्दासुमन व्यक्त गरी विसर्जन गरिएकाे थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































