साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्गमको रचनावाचन तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

६० वर्षभन्दा माथिका ८ अग्रज स्रष्टाहरुलाई सम्मानका साथ एउटै मञ्चमा उभ्याएर उनीहरूका २,२ वटा तन्नेरी रचनाहरू सुन्दा कार्यक्रम अन्त्यन्तै रोचक र ऐतिहासिक बनेको थियो ।

Nepal Telecom ad

दमक, झापा २०८० पुस २७ । १४० औँ लेखनाथ जयन्तीका अवसरमा साहित्य कला सङ्गम दमकले ‘रचना वाचन तथा पुरस्कार अर्पण समारोह सम्पन्न गरेको छ ।

६० वर्षभन्दा माथिका ८ अग्रज स्रष्टाहरुलाई सम्मानका साथ एउटै मञ्चमा उभ्याएर उनीहरूका २,२ वटा तन्नेरी रचनाहरू सुन्दा कार्यक्रम अन्त्यन्तै रोचक र ऐतिहासिक बनेको थियो ।

दमक वडा नं ६ र ७ को सङ्गमस्थलमा रहेको कवि शिरोमणि लेखनाथ पौडेलको प्रतिमामा प्रमुख अतिथि नगरप्रमुख रामकुमार थापा, विशिष्ट अतिथि प्रा.डा. टङ्क न्यौपाने, प्रज्ञापरिषद् सदस्य सुमित्रा चेली वाङ्देल, शालिकका संस्थापक तथा संरक्षक (वडाध्यक्ष) भीम पौडेल लगायत वरिष्ठ कविहरुद्वारा माल्यार्पण गरिएको थियो ।

यसपछि सुरु भएको प्रभातफेरि नगरका विभिन्न भागहरूको परिक्रमापछि पौडेल वंश उत्थान प्रतिष्ठानको सभाहल दमक ७ मा पुगेर सभामा परिणत भएको थियो ।

साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्यौपानेले अध्यक्षता, सचिव विवश बलिभद्र कोइरालाले सञ्चालन, वरिष्ठ उपाध्यक्ष बिन्दु दहाल मूकदर्शकले स्वागत मन्तव्य, उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोलेले कविशिरोमणिबारे चर्चा गरियाे ।

कवि रीता पोख्रेलको मिठो रचनाबाट कार्यक्रम सुरु भएको थियो । पहिलो चरणमा अग्रज कविहरु बम देवान (धरान), विरही अधिकारी (भद्रपुर), हरि न्यौपाने (भद्रपुर) र टीका घिमिरे (इलाम) का २,२ वटा रचना सुनिएको थियो ।

कार्यक्रमको मध्यभागमा कलाकार अशोक थापालाई नगद रु. ११,१११, सम्मानपत्र, शिरपोस, दोसल्ला र मायाको चिनोसहितको चन्द्रवीर खड्का स्मृति पुरस्कारले अलङ्कृत गरिएको थियो ।

नगद रु. २१,०००– सम्मानपत्र, शिरपोस, दोसल्ला र मायाको चिनोसहितको रुद्र निरौला स्मृति पुरस्कारले अग्रज कवि सोमराज अभय कट्टेल (विराटनगर)लाई सम्मान गरिएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा ४ जना अग्रज कविहरु खेमलाल पोख्रेल (दमक), जीवनहरि शर्मा (इलाम), डिल्लीराज नेपाल (कचनकवल) र कोमल पोख्रेल (सुरुङ्गा)का २,२ वटा उम्दा कविताहरु सुनेर सभा मन्त्रमुग्ध भएको थियो ।

सभामा सम्मानित स्रष्टा सोमराज अभयकी साइँली छोरीको कविता, कलाकार अशोक थापाको गीत, कवि दुश्यन्त भट्टराईकाे कविताले पनि सबैको ध्यानाकर्षण गराएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरू भीम पौडेलले शुभकामना मन्तव्य राख्तै आगामी वर्षदेखि लेखनाथ जयन्ती मनाउन वडाको वार्षिक बजेटमा नै आवस्यक रकम छुट्याउने र कार्यक्रमलाई भव्य बनाउँदै निरन्तरता दिने घोषणा गरेका थिए ।

प्रा.डा. टङ्क न्यौपानेले आजसम्म हजारौँ कार्यक्रममा सहभागी भए पनि यस प्रकारले अग्रज स्रष्टाहरुलाई व्यानरमै राखी सम्मानका साथ उनीहरूका रचना सुन्ने जस्तो प्रशंसनीय कार्यक्रम नदेखेको, नसुनेको हुँदा साहित्य कला सङ्गम यो नयाँ थिति बसाउने कार्यमा पहिलो भएको, सम्मान गर्ने अत्यन्तै अनुकरणीय शैलीको प्रादुर्भाव गरेको कुरा व्यक्त गर्दै प्रशंसासहित शुभकामना व्यक्त गरेका थिए ।

प्राज्ञ सुमित्रा चेली वाङ्देल र प्रमुख अतिथि रामकुमार थापाले पनि कार्यक्रमको प्रशंसासहित शुभकामना मन्तव्य राखेका थिए । अहिलेसम्म दमकमा लेखनाथ जयन्ती नमनाइएको र यसपटकलेखि साहित्य कला सङ्गमले निरन्तर गरिरहने पनि घोषणा गरेको छ ।

०००
– विष्णु न्याैपानेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x