साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाँगुनारायण साहित्यिक समाजको २९औँ कवि गोष्ठी

हास्यव्यङ्ग्यकार डम्बर घिमिरे प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी शङ्कर मानान्धर, ऋतम्भरा पाठशालाकी प्रीन्सिपल जुनू बुढाथोकी भण्डारी र बयोवृद्ध उपेन्द्र ढकाल अतिथि रहनुभएको थियो।

Nepal Telecom ad

भक्तपुर, २०८० पौष २७ । चाँगुनारायण साहित्यिक समाजको २९औँ शृङ्खलाको कवि गोष्ठी राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर आयोजना गरियो ।

समाजका अध्यक्ष लालबहादुर भुजेल सभापति तथा हास्यव्यङ्ग्यकार डम्बर घिमिरे प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी शङ्कर मानान्धर, ऋतम्भरा पाठशालाकी प्रीन्सिपल जुनू बुढाथोकी भण्डारी र बयोवृद्ध उपेन्द्र ढकाल अतिथि रहनुभएको थियो।

पृथ्वीनारायण शाहको तस्बिरमा पुस्प अर्पण गरि शुभारम्भ गरिएको कार्यक्रम कवि विश्वनाथ ढुङ्गेलको पृथ्वीनारायण सम्बन्धी गीति रचनाबाट गरियो ।

कार्यक्रममा कविहरू कविराज घिमिरे, रमेश सागर, सालिकराम दाहाल, बिके माकजू, जुनू घिमिरे, गोविन्द नागिला, श्री बहादुर केसी, कृष्णप्रसाद पौडेल, श्याम माकजू, एम पी पाण्डे, सुनिता गाइँसी, डाक्टर टि पी बराकोटीले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियोे ।

त्यस्तै मिरा भण्डारी, उपेन्द्र ढकाल र विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरूको ठूलो उपस्थितिले दर्शक स्रोताका रूपमा रहेर कार्यक्रममा उर्जा दिएको थियो ।

विद्यालयका विद्यार्थीहरू क्रमशः एन्जल दाहाल, संयोग अधिकारी र सिप्रन श्रेष्ठले पनि आफ्ना रचना पाठ गरेका थिए ।

विद्यालयकी प्रीन्सिपल जुनु बुढाथोकी भण्डारीले साहित्य जीवन हो भन्दै आगामी दिनमा आफू पनि साहित्यका कार्यक्रम समय निकालेर उपस्थित हुने बताउँदै रचना पाठ गर्नुभएको थियो ।

अतिथि शङ्कर मानान्धरले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसको समयमा उपस्थित हुन पाएकोमा अत्यन्तै खुसी लागेको मन्तव्य राख्तै शाह प्रति श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथि डम्बर घिमिरेले आफूलाई चागुनारायण साहित्यिक समाज र भक्तपुर सुसेली मञ्चले सधैं सम्मान गरेको उल्लेख गर्दै आफ्नो हास्य सिर्जना प्रस्तुत गर्नुभएको थियोे ।

ऋतम्भरा पाठशालाका संयोग अधिकारीलाई डाक्टर टी पी वराकोटी र एन्जल दाहाललाई कविराज घिमिरेले पुस्तक र नगद सहित पुरस्कृत गर्नुभएको थियो ।

अन्त्यमा अध्यक्ष लालबहादुर भुजेलले उपस्थित सम्पूर्ण साहित्यकार ,प्रीन्सिपल जुनु बुढाथोकी र विद्यालय परिवारलाई धन्यवाद दिँदै संस्थाले गर्न लागेको राष्ट्रव्यापी कविता प्रतियोगितामा भाग लिन सबै कविहरूलाई आव्हान गर्दै कविता पठाउने समय यही पौष मसान्तसम्म मात्र भएको हुँदा प्रतियोगिताको सूचना देशविदेशमा रहेका कविहरू समक्ष पुर्‍याउन सहयोग गरिदिन अनुरोध गर्दै आफ्नो रचना वाचनकासाथ कार्यक्रम समापन गर्नुभएको थियोे ।

चागुनारायण साहित्यिक समाजका आजीवन सदस्य डिल्लीप्रसाद मूलतिहुनले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।

०००
– डिल्लीप्रसाद मूलतिहुनद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x