साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिभिजन विद्युतमा रचना वाचन कार्यक्रम

कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित हिमाद्रि साहित्यिक त्रैमासिक पत्रिकाको २७औं अङ्क लोकार्पण एवम् काव्य गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८० पौष २७, शुक्रबार । चेरब स्मृति प्रतिष्ठानद्वारा विद्युतीय सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीका क्रममा साहित्य रचना वाचन गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश, प्रदेश डिभिजन कार्यालय, हेटौंडामा भएको कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित हिमाद्रि साहित्यिक त्रैमासिक पत्रिकाको २७औं अङ्क लोकार्पण एवम् काव्य गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिष्ठानका अध्यक्ष पूण्य घिमिरेको सभाध्यक्षता र निर्देशक तथा प्रतिष्ठानका आजीवन सदस्य थर्कबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल, सिस्नुपानी नेपालका चक्र दवाडी, व्यङ्ग्यचित्रकार आशिष खनाल माड्साप र सिस्नुपानी नेपाल मकवानपुरका संप्रस पौडेलले हास्यव्यङ्ग्य रचना वाचन गर्नुभयो ।

यस्तै कवि बैकुन्ठ लामिछाने, प्रलेस केन्द्रिय सदस्य मसान उपासक, मातृभूमि साहित्य समाजका देवराज खरेल, छन्दकवि पुरुषोत्तम आचार्यले कविता वाचन गर्नुभयो भने साहित्य सङ्गम र मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले मुक्तक, सदस्य सागर तिमल्सिनाले मुक्तक गायन र हाइकु वाचन तथा अर्का सदस्य सुबास सजलले गजल र मुक्तक वाचन गर्नुभयो ।

प्रादेशिक प्रमुख ई. मनोज यादव, कुलेखानी तथा अन्य आयोजनाका प्रमुखहरूले मन्तव्य राख्नुभएको कार्यक्रममा ई. सुरज रेग्मी, शालिकराम बराल, लक्ष्मी बर्तौला, बलराम पुडासैनी आदिले रचना वाचन गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष पूण्य घिमिरे साहित्य सर्जक हुनुका साथै नेपाल विद्युत प्राधिकरणका पूर्व कर्मचारी समेत हुनुहुन्छ । पूण्य घिमिरे र सुशिला घिमिरेद्वयका सुपुत्र ई. चेरब घिमिरेले अल्पायुमै विद्युत आयोजना निर्माणका क्रममा दुर्घटनाका कारण निधनपछि उहाँको स्मृतिमा स्थापित प्रतिष्ठानले विभिन्न खालका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

कुलेखानी प्रथम, द्वितीय जलविद्युत केन्द्र, बागमती प्रदेश प्रादेशिक डिभिजन कार्यालय, हेटौंडा, हेटौंडा ग्रीड महाशाखा, ढल्केवर, इनरूवा ४०० केभी प्रशारण लाइन, २२०/१३२ केभी हेटौंडा र इनरुवा सवस्टेसन, एन.इ.ए. इन्जिनियरिङ कम्पनी लिमिटेड ट्रेड टावर थापाथलीद्वारा विभिन्न सत्रमा विभाजित गरी सहजीकरण गरिएको कार्यक्रममा रचना वाचनलगायतका साहित्यिक कार्यक्रमको सत्रलाई विद्युतकर्मी साहित्य समाजका सचिव विष्णु आचार्यले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x