फित्काैली डटकमअभिनवको हेमन्त कवि गोष्ठी समारोह सम्पन्न
धरानका प्राध्यापक गोपालप्रसाद भण्डारीज्यूको प्रमुख आतिथ्य, विमल अर्यालज्यूको सभापतित्व, शारदा पराजुलीज्यूको उद्घोषण, मेनका आचार्यज्यूको स्वागत मन्तव्य रहेको थियो ।

काठमाडौं, २०८० पौष २८ । अभिनव साहित्य समाजले २६३ औं मासिक शृङ्खला अन्तर्गत हेमन्त कवि गोष्ठी समारोह सम्पन्न गरेको छ ।
धरानका प्राध्यापक गोपालप्रसाद भण्डारीज्यूको प्रमुख आतिथ्य, विमल अर्यालज्यूको सभापतित्व, शारदा पराजुलीज्यूको उद्घोषण, मेनका आचार्यज्यूको स्वागत मन्तव्य रहेको थियो ।
सुमन पुडासैनीज्यूको सम्पूर्ण व्यवस्थापनमा शुभारम्भ भएको कायक्रममा प्रमुख अतिथिज्यूले “मोतिराम भट्टले सुरु गर्नुभएकोे मोति मण्डलीदेखि आजसम्म पनि देश तथा विदेशहरुमा यस्ता कार्यक्रमहरुको सञ्चालनले राष्ट्रिय भाषा, वाङ्मय तथा साहित्यको विकास र एकतामा बल पुर्याइरहेको छ” भन्ने कुरा राख्दै कवितासमेत वाचन गर्नुभएको थियो ।
वाचित रचनाहरुमध्ये ठाकुर प्रसाद खतिवडा, सुरेशचन्द्र घिमिरे र कविराज घिमिरेका रचनालाई विशेष सम्मान गरिएको थियो ।
कवि गोष्ठीमा भाग लिने अन्य कविहरुमा बद्रीप्रसाद सुवेदी, बुद्धि सागर पौडेल, मधुसूदनप्रसाद घिमिरे, सुशील आचार्य, ऋचा, भवानी अर्याल, सरिता दुलाल घिमिरे, दिवाकर चालिसे, दिलिप अर्याल, रामचन्द्र दाहाल, तृष्णा श्रेष्ठ, निर्मलरमण पराजुली, भारद्वाज मित्र, नारायण नेपाल मिश्रण, दुर्गा अधिकारी, नारायणकुमार आचार्य, भावना न्यौपाने, गोविन्द संगत महर्जन, रत्ननिधि रेग्मी शुक्राचार्य, शान्ती रिसाल, विनोद दाहाल वत्स, अच्युत पौडेल चिन्तन, निर्मला भट्टाराईलगायत ५५ जनाको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र कविता वाचन, संस्थाका सचिव श्री परशुराम पराजुली पराशरज्यूले वाचित रचनाको समीक्षा गर्नुभएको थियो ।
०००
– वेदमणि घिमिरेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































