साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

श्रमको मूल्य छँदै छैन बरू मगन्तेको झोली चल्छ छ या छन् भने शक्तिमा उसले बोलेकोे बोली चल्छ ननिस्कनु बाहिर नानीहरू र लुकामारी पनि लखेल्नू डराउँछ सरकार र डरको भूत मन्साउन गोली चल्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
यस्तै हो मन नपरेपछि सोझो पनि टेडो देखिन्छ
मनै बाउँठिएको बेला मैदान पनि छेडो देखिन्छ
कैफियत दृष्टिको नभएर हुन सक्छ दृष्टिकोणको
हेर्ने नजरिया बदलिएपछि मृग पनि भेडो देखिन्छ ।

२.
मुख मिठ्याई र्‍याल चुहाउँदैछन् दूधचोर म्याउँहरू
दुःख दुखेसो पोख्दैछन् अनाथ ती क्याउँक्याउँहरू
खसेको आकाश उठाउँ भन्छ म्याद गुज्रेको हाब्रेले
उत्तानो परेर खुट्टा ताक्दैछन् बिचरा हुटिट्याउँहरू ।

३.
श्रमको मूल्य छँदै छैन बरू मगन्तेको झोली चल्छ
छ या छन् भने शक्तिमा उसले बोलेकोे बोली चल्छ
ननिस्कनु बाहिर नानीहरू र लुकामारी पनि लखेल्नू
डराउँछ सरकार र डरको भूत मन्साउन गोली चल्छ ।

४.
दन्केको आगोमा मट्टितेल हाल्नेहरू महान् हुन्छन्
जता ताल बज्छ त्यतै खुट्टा चाल्नेहरू महान् हुन्छन्
के हुन्छ के हुन्न भन्नै छ गाह्रो धुन्धकारीको शाशनमा
पाल्नेहरू नै पेलिन्छन् जहाँ ढाल्नेहरू महान् हुन्छन् ।

०००
सिर्जनानगर, भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x