साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता यात्राका सहभागी स्रष्टाहरु सम्मानित

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा श्रेष्ठसहित समाजसेवी एवं गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष एवं सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रा.डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० माघ २ । साहित्यिक पत्रकार संघ (सापस)ले होटल तपस, काठमाडौंमा “कविता यात्रा २०८०” मा सहभागी सर्जक एवं पत्रकारहरुलाई सम्मान गर्‍यो ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा श्रेष्ठसहित समाजसेवी एवं गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष एवं सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रा.डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाशचन्द्र पौडेल, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, नीता श्रेष्ठ, डा. बुनु दाहाल र नवीन शाही, चर्चित गायकहरु नविन पौडेल, नरहरी प्रेमी र रितु कंडेल, बालनृत्यकार रन्जना थपलिया, पत्रकारहरु गाेकर्णप्रसाद भण्डारी, चिरञ्जीवी मास्के, जीवन लामा र पुष्पा थपलिया तथा समाजसेवी रुद्र थपलियालाई सापसले गत पुस ४-६ गतेसम्म शैलुङमा आयोजना गरेको कविता यात्रामा सहभागी भएबापत सम्मान गर्‍यो ।

सो कविता यात्रामा शैलुङमा स्रष्टा घर निर्माण गर्नको लागि शिलान्यास पनि गरिएको थियो । घर निर्माण गर्न जग्गा र निर्माणकोको लागि लगानी तथा कविता यात्राको लागि वातावरणसमेत बनाउन सहयोग गर्नु भएकोले समाजसेवी एवं गीतकार शोभित उप्रेतीलाई सम्मान गरिएको चर्चा संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नु भयो ।

स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्‍याउने उदेश्यसहित सो कार्यक्रमको आयोजना गरिएको थियो । २०३९ सालदेखि संघले कविता यात्राको आयोजना गर्दै आएको छ । दोलखाकै जिरीलगायतका ठाउँमा संघले २०४२ सालमा पनि कविता यात्राको आयोजना गरेको थियो भने अगिल्लोपटक इलाममा आयोजना गरेको थियो ।

दोलखामा आयोजना गरिएको कविता यात्रामा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरुको पनि सहभागीता रहेको थियो भने शैलुङ गाउँपालिका-८ पनि स्थानीय आयोजकको रुपमा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिस्ट अतिथिहरु शोभित उप्रेती र अधिवक्ता दिनेश त्रिपाठी र समाजसेवी नवीन शाहीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसैगरी कविता यात्राका सहभागी सर्जकहरुले पनि आआफ्नो अनुभव र कविता यात्राको चर्चा, रचना वाचन र गीत गाउनु भएको थियो । कार्यक्रममा कविता यात्राले शैलुङमा थप सांस्कृतिक जागरण ल्याएको अनुभव व्यक्त गरिएको थियो ।

सो कविता यात्रामा दोलखाको चरणावतीधामको दर्शन, शैलुङको थुम्कामा साहित्य विमर्श, कवि गोष्ठी एवं नृत्य र कालापानीमा “स्रष्टा घर”को शिलान्यास र भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

बाह्र हजार फिटको उचाईमा सामुहिक कविता वाचन गरिएको यो पहिलो रहेको मानिन्छ ।

सोही कार्यक्रममा भारत सरकारको निम्तोमा अयोध्या जान लाग्नु भएकोमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र पत्रकार ज्ञानेन्द्र कार्कीलाई विदाई पनि गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x