साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा सपना

पूरा भए त ?" दम्भलाल बोल्यो । "एउटा सपना पूरा भयो ! म ६५ बर्षको भएँ ।" "हा हा हा, सालेले भारतीय जोक पो सुनायो । हैट, हाम्रो खाएर हामीलाई नै उल्लू बनाउने ?" अहंकारलाल बोल्यो।

Nepal Telecom ad

धनराज गिरी :

मन त्यति नमिले पनि मुख मिलेकै आधारमा केही मित्रहरू, शत्रु होइनन्, जम्मा भए एउटा खाजा घरमा, एकान्तमा । सबै सोमरसानुरागी।

दम्भलाल, घमण्डलाल, रवाफबहादुर, अहंकारलाल, अहम्लाल र सज्जनराज गिरोपाध्याय, अर्थात् आधा दर्जन,कर्णसहित पाँच पाण्डव भन्न पनि मिल्ने। सज्जनराज बाहेक सबैले नामानुसारकै फुर्ति लगाए। “राम्रो म ” को अहंकार नदी बग्यो।जति जति बिजुली रस भित्र गयो उति उति गफमा दम्भ र रवाफ देखिन थाल्यो। आफ्नो आफ्नो सफलताको किस्सा सुनाए।

सुन्दा वाक्क लागे पनि फोकटमा महङ्गो मदिरा र चिकन रोस्ट खान पाइने लोभमा सज्जनराजले अरू कुरा पचाएको थियो। “आम खावो,पेड मत गीनो !” “सालेहरू कहाँ कहाँ कति बदमासी गरे, कतिलाई ठगे, अहिले गफ, एक दिन यिनीहरूको कालो करतूतको पोल खुल्छ, अनि थाहा हुन्छ !” यस्तै सोच्यो सज्जनले।

“ए साले जोगी, तेरो कुनै सपना थिएन ? अर्थशास्त्र, कोकशास्त्र, दामदेव, कामदेव, दौलतपुर, रूप बजार कतै पनि तेरो नजर गएन ? जहिले पनि मौन, खान मात्र जानेको !” दम्भलाल बोल्यो। “बढी चलाख छ यो,केही पनि भन्दैन, सुन्छ मात्र। असल मित्र भएपछि शत्रु खोज्न पर्दैन।” घमण्डलाल बोल्यो। “मेरा पनि सपनाहरू थिए नि यार, हेप्नी ? थिए !”

“सुना न त साले !” अहम्लाल उकासियो।सज्जनराज एक प्याग तानेर अघि सर्यो, “पच्चीस बर्षको उमेरमा देखेका सपनाहरू, म ६५ को हुँदा मेरो पनि महल हुनेछ, कार हुनेछ, नाम कमाउने छु, सेलीब्रेटी हुन्छु, छोराछोरी सरकारी अफिसर, समाजमा मेरो हाई हाई हुनेछ, करोडौंको ब्याङ्क ब्यालेन्स हुनेछ, अघिपछि मानिसहरू, जीवन नवाबको जस्तो हुनेछ।सपना देखेकै हो।”

“पूरा भए त ?” दम्भलाल बोल्यो। “एउटा सपना पूरा भयो ! म ६५ बर्षको भएँ ।” “हा हा हा,सालेले भारतीय जोक पो सुनायो। हैट, हाम्रो खाएर हामीलाई नै उल्लू बनाउने ?” अहंकारलाल बोल्यो। सज्जनराजले लगातार तीन प्याग तान्यो। एघार बजे टोली उठ्यो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x