सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एउटा सपना

पूरा भए त ?" दम्भलाल बोल्यो । "एउटा सपना पूरा भयो ! म ६५ बर्षको भएँ ।" "हा हा हा, सालेले भारतीय जोक पो सुनायो । हैट, हाम्रो खाएर हामीलाई नै उल्लू बनाउने ?" अहंकारलाल बोल्यो।

Nepal Telecom ad

धनराज गिरी :

मन त्यति नमिले पनि मुख मिलेकै आधारमा केही मित्रहरू, शत्रु होइनन्, जम्मा भए एउटा खाजा घरमा, एकान्तमा । सबै सोमरसानुरागी।

दम्भलाल, घमण्डलाल, रवाफबहादुर, अहंकारलाल, अहम्लाल र सज्जनराज गिरोपाध्याय, अर्थात् आधा दर्जन,कर्णसहित पाँच पाण्डव भन्न पनि मिल्ने। सज्जनराज बाहेक सबैले नामानुसारकै फुर्ति लगाए। “राम्रो म ” को अहंकार नदी बग्यो।जति जति बिजुली रस भित्र गयो उति उति गफमा दम्भ र रवाफ देखिन थाल्यो। आफ्नो आफ्नो सफलताको किस्सा सुनाए।

सुन्दा वाक्क लागे पनि फोकटमा महङ्गो मदिरा र चिकन रोस्ट खान पाइने लोभमा सज्जनराजले अरू कुरा पचाएको थियो। “आम खावो,पेड मत गीनो !” “सालेहरू कहाँ कहाँ कति बदमासी गरे, कतिलाई ठगे, अहिले गफ, एक दिन यिनीहरूको कालो करतूतको पोल खुल्छ, अनि थाहा हुन्छ !” यस्तै सोच्यो सज्जनले।

“ए साले जोगी, तेरो कुनै सपना थिएन ? अर्थशास्त्र, कोकशास्त्र, दामदेव, कामदेव, दौलतपुर, रूप बजार कतै पनि तेरो नजर गएन ? जहिले पनि मौन, खान मात्र जानेको !” दम्भलाल बोल्यो। “बढी चलाख छ यो,केही पनि भन्दैन, सुन्छ मात्र। असल मित्र भएपछि शत्रु खोज्न पर्दैन।” घमण्डलाल बोल्यो। “मेरा पनि सपनाहरू थिए नि यार, हेप्नी ? थिए !”

“सुना न त साले !” अहम्लाल उकासियो।सज्जनराज एक प्याग तानेर अघि सर्यो, “पच्चीस बर्षको उमेरमा देखेका सपनाहरू, म ६५ को हुँदा मेरो पनि महल हुनेछ, कार हुनेछ, नाम कमाउने छु, सेलीब्रेटी हुन्छु, छोराछोरी सरकारी अफिसर, समाजमा मेरो हाई हाई हुनेछ, करोडौंको ब्याङ्क ब्यालेन्स हुनेछ, अघिपछि मानिसहरू, जीवन नवाबको जस्तो हुनेछ।सपना देखेकै हो।”

“पूरा भए त ?” दम्भलाल बोल्यो। “एउटा सपना पूरा भयो ! म ६५ बर्षको भएँ ।” “हा हा हा,सालेले भारतीय जोक पो सुनायो। हैट, हाम्रो खाएर हामीलाई नै उल्लू बनाउने ?” अहंकारलाल बोल्यो। सज्जनराजले लगातार तीन प्याग तान्यो। एघार बजे टोली उठ्यो।

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
जिब्रो

जिब्रो

रमेश समर्थन
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
पीडा कि रहर ?

पीडा कि रहर ?

श्रीप्रसाद पाेखरेल
गुठ्का

गुठ्का

नगिता लेप्चा राई