साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि डिल्लीप्रसाद मूलतिहुनलाई कृषक पुरस्कार

कवि मूलतिहुन गेलाल गाउँमा रहेर कविता सिर्जनाका साथै कुनै पनि विकासे मल प्रयाेग नगरी फलफूलकाे नर्सरी तथा तरकारी खेतीमा सक्रिय हुनुहुन्छ ।

Nepal Telecom ad

भक्तपुर २०८० माघ २ । चागुनारायण न पा वडा नं ३ गेलाल गाउँमा आयाेजित कृषक भेलामा कवि डिल्लीप्रसाद मूलतिहुनलाई नगद रू १० हजारले पुरस्कृत गरियाे ।

कवि मूलतिहुन गेलाल गाउँमा रहेर कविता सिर्जनाका साथै कुनै पनि विकासे मल प्रयाेग नगरी फलफूलकाे नर्सरी तथा तरकारी खेतीमा सक्रिय हुनुहुन्छ ।

वडा सदस्य सुस्मा सुनार र प्रमुख अतिथि वडा अध्यक्ष श्यामसुन्दर धिमाल रहनुभएको भेलामा जोरपाटी काठमाडौका पूर्व अध्यक्ष भैरव पुरस्कार गुठीका सदस्य गोपाल बराल तथा भैरव पुरस्कार गुठीका सचिव समाजसेवी वसन्त रिजालकाे विशेष आथित्यमा उहाँलाइ पुरस्कृत गरिएकाे हाे ।

उक्त भेलामा अतिथिहरू कृष्णमोहन शर्मा, कृषिविज्ञ राजन पौडेल, कृष्णहरि गेलाल, मिना रिजाल, भवानी सापकोटा हुनुहुन्थ्यो । भेलामा यस भेगका कृषक र स्थानीय बासिन्दाको उपस्थित रहेको थियो ।

कार्यक्रमको शुभारम्भमै भैरव पुरस्कार गुठीका सचिव बसन्त रिजालले आफू किसानको छोरा भएकोले किसानको दु:ख पीडा बुझेको उल्लेख गर्दै इमानदारी पूर्वक काम गर्ने किसानलाई सहयोग गर्ने इच्छा जागेको विचार व्यक्त गर्नुभयो । उहाँले हरेक वर्ष केही न केही सहयोग गर्ने र यहाँका जनप्रतिनिधिले पनि किसानका निमित्त केही गर्न सल्लाह दिँदै हरेक वर्ष उत्कृष्ट किसानले कमसेकम एक लाख पुरस्कार पाओस् त्यसको लागि आफूले सकेको सहयोग गर्ने कुरा राख्नुभएको थियो ।

यहाँ भएको छलफल र अन्तक्रिर्याका आधारमा अर्गानिक कृषि, फूल खेती, बिरुवा उत्पादन, साहित्य र समाज सेवामा सकृय रहेको भन्दै भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजाल र श्रीमती मिना रिजालले प्रमुख अतिथि मार्फत डिल्लीप्रसाद मूलतिहुनलाई नगद रु. १० हजार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा किसानहरूले आफूलाई परेका अनेकन समस्या सम्बन्धि गुनासो राख्तै आगामी दिनमा यी समस्या समाधानको अपेक्षा गरेका थिए ।

कृषिविज्ञ राजन पौडेलले सबैले सामुहिक भावना राखेर समस्या सुल्झाउन सल्लाह दिनुभएको थियो भने विशेष अतिथि गोपाल बरालले राजनीति किसानलाई बिर्सेर गर्न नहुने विचार राख्तै आफूले चिनमा गएको बेला देखेका राम्रा कामबारे चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथि श्यामसुन्दर धिमालले सबैले आफूलाई राम्रो सल्लाह र सुझाव दिएर उर्जा दिएको उल्लेख गर्दै वडा स्तरमा भए पनि केही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सभापति सुस्मा सुनारले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

कवि डिल्लीप्रसाद मूलतिहुन फित्काैली डटकममा धारावाहिक रूपले व्यङ्ग्य कविता लेखिरहनु भएकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x