साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौलीका छ ठोक्तक

नआत्तिऊ बुढाखाडा वय ढल्क्यो भनी अशक्तता शरीरमा आयो पल्क्यो भनी ॥ प्रकृतिको नियमै हो रोई के हुन्छ र ! सके अझैँ अघि बढ जोस झल्क्यो भनी ॥

Nepal Telecom ad

वासुदेव गुरागाईं :

उकालोले तान्न छाड्यो ओरालोले मान्न छाड्यो
यताउति गर्छु भन्छु शरीरले धान्न छाड्यो ॥
भन्ने कुरा कति कति कथा भने जस्तो होला
को हो आफ्नू को हो अर्को यो ज्यानले जान्न छाड्यो ॥१॥

शक्ति हुँदा शरीरमा डाँडापाखा नाचिएथ्यो
निगालोका बोट बाँस सिन्का ठानी भाँचिएथ्यो ॥
यो सबैको यथार्थ हो मेरो मात्र कहाँ हो र !
मुस्कानमा हौसिएर मायाप्रीति गाँसिएथ्यो ॥२॥

गोडारूपी साथी थिए जता जाँदा पनि
सँगै बस्थे खुसीसाथ खाना खाँदा पनि ॥
दिन ढल्क्यो तन ढल्क्यो के के भयो भयो !
ऐले हिँड्नै पनि गाह्रो लौरो लाँदा पनि ॥३॥

काम पर्दा पछि लाग्ने थिए कति कति
गरिएथ्यो सहयोग सबै जाने जति ॥
सामु छैनन् ऐले कोही घाम डुबे जस्तो
आफू पनि ओछ्यानैमा छैन गतिमति ॥४॥

नआत्तिऊ बुढाखाडा वय ढल्क्यो भनी
अशक्तता शरीरमा आयो पल्क्यो भनी ॥
प्रकृतिको नियमै हो रोई के हुन्छ र !
सके अझैँ अघि बढ जोस झल्क्यो भनी ॥५॥

आहा ! भन सबैतिर जे जे पाए पनि
अमृतको रूप सम्झ जे जे खाए पनि ॥
सामुन्नेमा जो आउँछ भन प्रियजन
देवता छन् साथ सम्झ जहाँ धाए पनि ॥६॥

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x