फित्काैली डटकमविवेक शर्मा गौतमको ‘जेई’ लघुकथा कृति विमोचन
कृति लोकार्पणको कार्यक्रम पश्चात डा. शेखरकुमार श्रेष्ठले विवेक शर्मा गौतमको कथाकारिता, ‘जेई’ को चर्चा र यस कृतिले लघु कथाको सैद्धान्तिक पाटोलाई ईटा थपिएको बारे सागर्भित मन्तव्य राख्नु भएको थियो ।

काठमाडौं, २०८० माघ०५ । विवेक शर्मा गौतमको पहिलो साहित्यिक कृति आफ्नीआमाप्रति समर्पित र स्वर्गीय आमाकै तिथिका दिनको संयोग मिलाएर ‘जेई’ नामक लघुकथासङ्ग्रह विमोचन भएको छ ।
ध्रुव मधुकर्मीको प्रमुख आथित्यमा सिर्जना साहित्य अभियान भक्तपुर र हाम्रो लघुकथा केन्द्रको सहआयोजनामा होटल हेभेन टिमुर, तीनकुनेमा भएको आजको कार्यक्रममा झण्डै दुई दर्जन लघुकथा प्रेमीहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिद्वारा दीप प्रज्वलन पश्चात अनौपचारिक ढङ्गले अघि बढेको यस कार्यक्रममा इन्दिरा चापागाईंले अतिथि तथा दर्शक महानुभावलाई स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो ।
यसैगरी कृति लोकार्पणको कार्यक्रम पश्चात डा. शेखरकुमार श्रेष्ठले विवेक शर्मा गौतमको कथाकारिता, ‘जेई’ को चर्चा र यस कृतिले लघु कथाको सैद्धान्तिक पाटोलाई ईटा थपिएको बारे सागर्भित मन्तव्य राख्नु भएको थियो । 
त्यसैगरी अतिथि दिर्घामा रहनु भएका मनीषकुमार शर्मा ‘समित’, हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीले कृतिकारज्यूलाई शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
विमोचित कृतिका स्रष्टा विवेक शर्मा गौतमले आफ्नो भौतिक उपस्थित नभए पनि फेसबुक लाइभमा जोडिएर आफ्ना भनाइ सहित धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
विमोचित कृतिभित्रबाट मिसु श्रेष्ठ थपलिया, विरेन मालाकारले लघुकथा वाचन गर्नु भएको थियो ।
र, अन्त्यमा आजको सिर्जना साहित्य अभियान केन्द्रका अध्यक्ष ध्रुव मधुकर्मीबाट मन्तव्य सहित कार्यक्रम विसर्जन भएको थियो ।
०००
रेहित सैजुद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































