फित्काैली डटकमसाहित्य कला सङ्गमकाे रचना वाचन ३३ औँ श्रृङ्खला
संस्थाका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार अभागी थेगुवाले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो ।

दमक,झापा, सा२०८० माघ ५ । हित्यकला सङ्गम दमकले आफ्नाे नियमित रचना वाचनकाे ३३ औँ श्रृङखला आफ्नै कार्यालय परिसरमा सम्पन्न गरेकोे छ ।
संस्थाका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता र सचिव विवश बलिभद्र कोइरालाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार अभागी थेगुवाले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा प्रत्येक साहित्यकारले नयाँ रचना वाचन गर्नुपर्ने विशिष्ट नियमलाई पालन गर्दै गजल, छन्दोबद्ध तथा मुक्तछन्दका कविता, बालकविता, हाइकु, मुक्तक, लघुकथा आदि प्रस्तुत गर्नुभएको थियो ।
रचना वाचन गर्ने साहित्यकारहरुमा शिशिर भट्टराई (इलाम) कृष्ण काश्यप ( धरमपुर झापा), बिन्दु दहाल मूकदर्शक (दमक), यादवप्रसाद अधिकारी झाँक्रीखोले (दमक), दुर्गा काफ्ले (दमक) विवश बलिभद्र काेइराला (इलाम), ओमप्रसाद खनाल (दमक), अम्विकाप्रसाद सापकाेटा (दमक), शारदा निराैला( दमक), डिल्लीराम (डि.आर) निराैला (दमक) लगायत १५ बढी स्रष्टाका रचनाहरू श्रवण गरिएका थिए ।
०००
– विष्णु न्याैपानेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































