फित्काैली डटकमभक्तपुरमा सुसेली मञ्चको छैटौं कार्यक्रम सम्पन्न
भक्तपुर सुसेली मञ्चको छैटौं कार्यक्रम मञ्चका अध्यक्ष रामशरण न्यौपानेको सभापतित्व र साहित्यकार पदम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।

भक्तपुर, २०८० माघ ५ । भक्तपुर सुसेली मञ्चको छैटौं कार्यक्रम मञ्चका अध्यक्ष रामशरण न्यौपानेको सभापतित्व र साहित्यकार पदम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।
अतिथि राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमर्कोटे, भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजाल, शृङ्खला साहित्यिक पत्रिकाका सम्पादक प्रवीण जोशी, राष्ट्रिय सुसेली मञ्चकी सल्लाहकार चन्द्रा न्यौपाने, बाल साहित्यकार शान्ति सापकोटा, साहित्यकार ललिता दोषी, साहित्यकार राजबाबु श्रेष्ठ सागर रहनुभएको थियोे ।
कार्यक्रममा डम्बर घिमिरे, केशव लुइँटेल र नवीनप्रकाश श्रेष्ठलाई माला र विभिन्न लेखकका पुस्तक दिएर ससम्मान मञ्चासिन गराइएको थियोे । सुधा सागर विद्या सदन गठ्ठाघरमा भएको कार्यक्रममा तथा विद्यार्थी भाइबहिनी समेत विभिन्न स्रष्टाहरूले रचना वाचन गर्नु भएको थियोे।
भक्तपुर सुसेली मञ्चकी सदस्य सावित्री गेलालको रचना वाचनबाट कार्यक्रमको थालनी भएको उक्त कार्यक्रममा ओमप्रसाद कोइराला, केशव रुपाखेती, शान्ति सापकोटा, सफलता न्यौपाने, राजबाबु श्रेष्ठ सागर, रामकुमार खड्का, ललिता दोषी, बिके माकजु, सालिकराम दाहाल, चन्द्रा न्यौपाने, ओम नरहरी श्रेष्ठ, छन्दविज्ञान निरौला, लालबहादुर भुजेल, तारा गाउँले, दुर्गा अधिकारी भमर्कोटे, सम्मानित डम्बर घिमिरे, केशव लुइँटेल र नवीन प्रकाश श्रेष्ठ, प्रमुख अतिथि एवम् सभापतिले समेत आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
प्रवीण जोशी, वसन्त रिजालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने मञ्चका उपाध्यक्ष तेजकृष्ण श्रेष्ठ, मिना रिजाल, भिम बराइलीले असल स्रोता भएर उर्जा प्रदान गर्नुभएको थियो । सफलता न्यौपानेलाई सिर्जनाका क्रममा उत्साह दिएकोमा माला लगाएर सम्मान गरिएको थियो ।
सुधा सागर विद्यालयका विद्यार्थीहरू जुना लामा कक्षा ३, युनिक खत्री, योसेफ बि क कक्षा ४, सोनिया श्रेष्ठ, एलिसा तामाङ, सुस्मिता मगर सपना शाह, सदीक्षा अर्याल कक्षा ५ रेबिका गुरुङ, प्रेक्षा थापा सुस्भिना तामाङ, सबनम कक्षा ६ र एलिजा खड्का, विविसा सुर्खेती, एसिका गिरी, रुजा घिमिरे कक्षा ४ का भाइबहिनीहरुले गीत र भजनका साथ मादल बजाएर कार्यक्रम रोचक बनाएका थिए ।
रचना वाचन गर्ने सबै विद्यार्थीहरूलाई राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारीले कलम प्रदान गर्नुभएको थियोे । सुधा सागर स्कुलका शिक्षक भिम बराइली, पदम दाहाल, वसन्त रिजाल र राम खड्काले भक्तपुर सुसेली मञ्चको सदस्यता लिनुभएको थियोे । स्वाथ्यका कारण कार्यक्रममा उपस्थित हुन नसक्नु भएको वश्वनाथ ढुङ्गेललाई आगामी कार्यक्रममा सम्मान गरिने जानकारी दिँदै उहाँको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो ।
अन्त्यमा सभापति न्यौपानेले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियोे । कार्यक्रम सञ्चालन मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियोे ।
०००
– डिल्लीप्रसाद मूलतिहूनद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































