साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद विषयक लघुकथाको परिणाम घोषणा

डा. विदुर चालिसेको निर्णायक संयोजकत्वमा अन्य चार सदस्यीय समिति सक्रिय थियो । पूर्व सञ्चालित अभियानमा सर्वोत्कृष्ट हुने लघुकथाकारहरू यस श्रृङ्खलाका निर्णायक सदस्य रहेका थिए ।

Nepal Telecom ad

उदयपुर, २०८० माघ २० । शहीद दिवस २०८० को सन्दर्भ पारेर लघुकथा प्रतिष्ठान नेपालद्वारा माघ १६ गतेसम्म आयोजित शहीद विषयक लघुकथा अभियानको परिणाम घोषणा गरिएको छ ।

उक्त अभियानमा प्रतियोगी र सहभागी गरी पाँच दर्जन अधिक लघुकथा प्रेषित थिए । डा. विदुर चालिसेको निर्णायक संयोजकत्वमा अन्य चार सदस्यीय समिति सक्रिय थियो । पूर्व सञ्चालित अभियानमा सर्वोत्कृष्ट हुने पीपी कोइराला, बासुदेव तिमल्सिना, गङ्गा खड्का साथै यस अभियानका संयोजक समेत रहेका निरज कोइराला निर्णायक सदस्य थिए । शान्ता तिमल्सिना अघिल्लो पाका नागरिक विषयक अभियानमा सर्वोत्कृष्ट भएकी थिइन् ।

यस शहीद विषयक अभियानमा उत्कृष्ट एघारमा पर्न सफल लघुकथा र लेखकहरूको वर्णानुक्रम यस्तो छ–
खोजी शीर्षकको लघुकथाका लेखक पं .ज्यो.तोयनाथ सुवेदी, उत्तरको प्रश्न शीर्षकको लघुकथाका लेखक धिरज बराल, स्मृति शीर्षकको लघुकथाका लेखक नानि भारद्वाज, शहीद शीर्षकको लघुकथाका लेखक पदमप्रसाद दाहाल, कराही, कसौँडी र कुर्सी शीर्षकको लघुकथाका लेखक प्रेम घिमिरे ’अग्निकवच’, शहीद एकता शीर्षकको लघुकथाका लेखक रामप्रसाद पन्थी, विमर्श शीर्षकको लघुकथाका लेखक शारदा दहाल (भण्डारी), नक्कली शहीद शीर्षकको लघुकथाका लेखक शुक्रराज कुँवर, शहीद शीर्षकको लघुकथाका लेखक रचना शर्मा, अमर शीर्षकको लघुकथाका लेखक रुद्र अधिकारी ‘निर्दोषी’ र सम्मान शीर्षकको लघुकथाका लेखक सविता भट्टराई अभियानी उत्कृष्ट लघुकथाकार घोषणा भएका हुन् ।

नेपाली साहित्यमा ‘मलन’ समूह अर्थात् मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्यद्वारा सञ्चालित लघुकथा प्रतिष्ठान नेपालले स्थापनाकाल २०७८ कार्तिक ३ गतेदेखि नै नियमित लघुकथा विमर्शको काम गर्दै आएको छ । साथै यसकै मुखपत्रका रुपमा नन्दलाल आचार्यको प्रधान सम्पादकत्वमा ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिका समेत प्रकाशन हुँदै आएको छ ।

०००
– लक्ष्मी रिजालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x