साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बज्जिका भाषामा पच्चीस हजार रुपैयाँको अन्तर्राष्ट्रिय पुरस्कारको स्थापना

नीतिश गुप्ताको अध्यक्षतामा गठित प्रतिष्ठानले माधवनारायण नगरपालिका ५ बज्जिकानगरमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानको घोषणापत्र जारी गर्दै पुरस्कार स्थापनाको घोषणा गरेको हो ।

Nepal Telecom ad

रौतहट, २०८० माघ २० । नवगठित अनिता–शिव प्रतिष्ठानले २५ हजार रुपैयाको ‘अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका वाङमय पुरस्कार’ स्थापनाको घोषणा गरेको छ ।

शहीद दिवसको अवसरमा गत माघ १६ मा नीतिश गुप्ताको अध्यक्षतामा गठित प्रतिष्ठानले माधवनारायण नगरपालिका ५ बज्जिकानगरमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानको घोषणापत्र जारी गर्दै पुरस्कार स्थापनाको घोषणा गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष गुप्ताले आफ्ना मातापिताको नाममा प्रतिष्ठान र पुरस्कारको स्थापना गरेको जानकारी गराएका छन् । घरपरिवारकै सदस्यहरु सम्मिलित प्रतिष्ठानमा सतीश गुप्ता र सरोज साह उपाध्यक्ष, अनामिका गुप्ता महासचिव, मनीष गुप्ता कोषाध्यक्ष तथा अखिलेश गुप्ता, राकेश गुप्ता, मनीषा गुप्ता, रीता साह, रीमा साह, ज्योति साह, अरबिन्द साह लगायतका सदस्य रहेका छन् ।

नेपालमा बज्जिका भाषाको पहिलो औपचारिक कार्यक्रमको आयोजना गरेका शिवचन्द्र साहका सन्तानहरुले साहको मातृभाषामा रहेको लगावको सम्मान गर्दै प्रतिष्ठान र पुरस्कार स्थापना गरेका हुन् । साहले नेपालमा पहिलोपटक २०६३ पुसमा बज्जिका भाषाको पहिलो गोष्ठी समनपुरमा गरेका थिए ।

प्रतिष्ठानको घोषणापत्रमा बज्जिका, नेपाली, हिन्दी तथा अंग्रेजी भाषामा बज्जिका भाषा, साहित्य तथा संस्कृतिको विषयमा लेखिएको एक कृतिलाई हरेक वर्ष पुरस्कार दिइने उल्लेख गरिएको छ ।

शनिवार आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा सर्लाही, रौतहट, बारा र पर्साका बज्जिका भाषासेवी तथा साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहासहित सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी राम बिलास राय, साहित्यकार सञ्जय सुदामा, मनमोहन सिंह मनोहर, धिरेन्द्र सिंह, सुनिलकुमार अधिकारी लगायतले बज्जिका भाषाको विकासमा प्रतिष्ठान र पुरस्कारको स्थापनाको दिन ऐतिहासिक भएको बताएका छन् ।

यसै गरी बारा जिल्लाको चिउँटाहास्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश साह र लेखापाल दशरथ साह कानुले गत जनगणनामा मातृभाषा बज्जिका लेखाउन आफूहरुले पनि सहयोग गरेको बताउँदै बज्जिका भाषा र साहित्यको विकासको लागि आफूहरुले पनि सहयोग गर्ने बताएका छन् ।

पर्साको वीरगंज निवासी पूर्व जिल्ला शिक्षा अधिकारी बालदेव प्रसाद साहले बज्जिका दिवस अन्तर्राष्ट्रिय रुपमा मनाउनु सबैले ध्यान दिनुपर्ने बताएका छन् ।

रौतहटका भाषासेवी तथा साहित्यकारहरु सञ्जय साह मित्र, बिन्दा साहनी, बिपिनविहारी सिंह, महेन्द्र प्रसाद, रेणु गुप्ता, संगीता साहनी, लालबाबु साह, पिपरा भलोहियाका प्रअ राजेन्द्र साह, ओम प्रकाश झा, बज्जिका पत्रकार दिनेश यादव संगम, श्याम सहनी चन्द्रांशु, जोतनारायण यादव, किशोरी साह, दीपेन्द्र साह दिपु, सुरेन्द्र प्रसाद यादव, पूर्व वडाध्यक्ष शिवदयाल साह, चन्द्रकिशोर झा, मनोजकुमार साह, कृष्णचन्द्र साह, तेजप्रताप साह, सर्फलाल साह लगायतले मन्तव्य व्यक्त गर्दै नवगठित प्रतिष्ठान तथा स्थापित पुरस्कारले बज्जिका भाषा र साहित्यको विकासमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

०००
– सञ्जय साहद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x