साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तकहरू

अचम्म त यो छ कि न सुशासन छ न विकास छ यो देशमा सरकार जिउँदो छ कि मरेको छ खै केही चल्दैन थाहा हुँदैन ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

ठोक्तक- १
अहो यी छद्मभेषी उद्योगीले नकाम गरेर जात जनाए
लौ कहाँसम्म भ्रष्टाचार गरेछन् धेरै लुटेछन् साह्रै गनाए
सत्ता शक्ति र पैसाको भरमा जहाँ जे पनि किन्न पाइन्छ
खै कुन्नि के के मिसावट गरे बदनाम चाउचाउ बनाए ।

ठोक्तक- २
देशका लागि जिउ ज्यान दिने मात्र होइन धेरै परेका
यहाँ त बैंक फोड्न जाँदा पनि छन् रे कति त मरेका
नामावली थोरै भयो अझै तीन हजार थप्ने तयारी छ रे
यति धेरै शहीद भएर पनि एक बिदा नदिने यो के गरेका ।

ठोक्तक- ३
सत्तामा नबस्दासम्म हो बसे पछि देश बनाउने चाहा हुँदैन
लाखौं करोडौं नकुम्ल्याएसम्म कुनै पनि कुरा आहा हुँदैन
अचम्म त यो छ कि न सुशासन छ न विकास छ यो देशमा
सरकार जिउँदो छ कि मरेको छ खै केही चल्दैन थाहा हुँदैन ।

ठोक्तक- ४
कर्मचारीका व्यवहार जनताप्रति उस्तै छन् तुषले भरिएका
अग्रगामी सोच नै कमाउनु यिनका विचार भुसले भरिएका
जनताले सेवा पाऊन् भनी तलब भत्ता सुविधा खर्चिन्छ राज्य
किर्ते गरेर कमाउन र महल ठड्याउन झोला घुसले भरिएका ।

०००
बैजनाथ- १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x