साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढाबुढी

रमेर बन्धु आउँछन् घरै छ तीर्थ माफिक रमाउँछन् सबै जना लिएर फिर्न आसिक तिनै भए त ज्ञानको विचारको भँडार हो बुढाबुढी त ईशकै विशेष त्यो मुहार हो ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बुढाबुढी समाजका प्रबुद्ध हुन् धरोहर
यिनै भए समाजमा हुने छ सर्वथा भर
डटेर गर्छ वृद्धले समाजको सुधार हो
बुढाबुढी त ईशकै विशेष त्यो मुहार हो ॥१

बुढाबुढी भएर पो त स्वर्ग बन्छ सुन्दर
बुढाबुढी रुँदैहिँडे त नर्क बन्छ त्यो घर
बुढाबुढी भएर बाँच्नु दैवको पुकार हो
बुढाबुढी त ईशकै विशेष त्यो मुहार हो ॥२

प्रवेश हुन्छ ईशको र द्वार हुन्छ हो खुला
अनेक विघ्न टर्दछन् भए जुनै ठुला ठुला
फुलेर केश चाहुरी हुने त त्यो जुहार हो
बुढाबुढी त ईशकै विशेष त्यो मुहार हो ॥३

रमेर बन्धु आउँछन् घरै छ तीर्थ माफिक
रमाउँछन् सबै जना लिएर फिर्न आसिक
तिनै भए त ज्ञानको विचारको भँडार हो
बुढाबुढी त ईशकै विशेष त्यो मुहार हो ॥४

बचाउँछन् मनुष्यता बचाउँछन् सबै रीत
बिताउँछन् दिनै सबै बनेर नै सुसंस्कृत
गरेर बस्नु चाकरी सुधर्म नै अपार हो
बुढाबुढी त ईशकै विशेष त्यो मुहार हो ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x