साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेशमबहादुर पाण्डेका दुई कृति एकै पटक सार्वजनिक

समारोहमा लोकार्पित भएका दुई कृतिहरूमध्ये ‘कान्छो सिडियो’ कृतिका बारेमा समालोचक युवराज मैनाली र ‘बाह्र-सत्तरी’ कृतिका बारेमा प्राध्यापक राम लोहनीले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८० माघ २३ । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना तथा वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेलको प्रमुख आतिथ्यमा साहित्यकार रेशमबहादुर पाण्डेद्वारा लिखित ‘कान्छो सिडियो’ संस्मरणसङ्ग्रह र ‘बाह्र-सत्तरी’ उपन्यास एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ ।

उक्त कृतिहरूको लोकार्पण पश्चात् ‘सिडियोका सत्रवर्ष’ का लेखक तथा प्रमुख अतिथि नरेन्द्रराज पौडेलले भन्नुभयो— ‘आफूभन्दा अनुज पुस्ताका भए पनि लेखक पाण्डेले राष्ट्रसेवाको सन्दर्भमा गरेको उल्लेख्य कामहरूको साक्षी आफू भएको र अहिले एउटा सफल संस्मरणकार एवम् उपन्यासकारको रुपमा समेत उभिन सफल हुनुभएको देख्दा मलाई अत्यन्त प्रशन्नताबोध भएको छ ।’

समारोहमा लोकार्पित भएका दुई कृतिहरूमध्ये ‘कान्छो सिडियो’ कृतिका बारेमा समालोचक युवराज मैनाली र ‘बाह्र-सत्तरी’ कृतिका बारेमा प्राध्यापक राम लोहनीले अत्यन्त सटिक एवं विचारोत्तेजक समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

उक्त दिन लेखकको जन्म दिन पनि परेकोले लेखकपुत्री प्रज्ञा पाण्डे थापाले शुभकामना स्वरुप मन्तव्य दिनुभएको थियो भने विशिष्ट अतिथिको रुपमा आसीन हुनुभएका साहित्यकार तथा पूर्वसचिव गोपी मैनाली, डा. रामप्रसाद दाहाल र डा. केदारनरसिंह केसीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त समारोहमा लेखक रेशमबहादुर पाण्डेले आफू राष्ट्रसेवक भएर काम गर्दाका अनुभवहरू, लेखनको पृष्ठभूमि र प्रेरणास्रोतबारे मन्तव्य दिनुभएको थियो । प्रतिष्ठानका सल्लाहकार ठाकुर शर्मा भण्डारी र रामशरण प्याकुरेलले पनि आआफ्ना विचार राख्नुभएको थियो ।

०००
– रामप्रसाद पन्तद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x