साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नदीमा पसेको छ बस्ती

अचम्भको छ यो प्रीतिमा चोबलिएको बस्ती र नदी बीचको झगडा । एकलाई अर्को नभई नहुने न कहिले रोकिने- न कहिल्यै सिद्धिने !

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

सबैलागेका छन् म नदीको किनार काटेर
घर-घडेरी बसाउन कित्ता मिलाउन
यही दशा रहेमा बेर लाग्नेछैन
मेरो अस्तित्व नै
नदीको सट्टा -नाला भै विलाउन ।

त्यसमा पनि झन्-
किन मलाई झुठो आरोप लगाइन्छ
बस्तीमा पसेको छ नदी ।
जबकी झन् नदीमा पसेको छ बस्ती ।

कहिले आँखा चुहाउँछु
कहिले मनैमन भुनभुनाउँछु।
जो छ नैतिकताविहीन निर्लज्ज,
लाज मेरो खुलेआम लिन तम्सिन्छ।
न्याय कहाँ पाउनु दिने नै पन्छिन्छ ।

मिथ्या चाप सहँदा सहँदै
निराधार कुरा सुन्दा सुन्दै,
एक्कासि रक्तचाप बढेको छ मेरो
अत्तालिएर जति गर्दा पनि रोइलो
कतै भएको छैन सुनुवाई
अखबारभरि झुठो खबरको छपाई
गरिँदैछ जानाजान गल्ती
कहिल्यै हुने छैन जुन क्षतिको भर्पाई ।

दोष पनि त मेरै हो
मेरै आशीर्वादले बस्तीले त गर्‍यो प्रगति
तर झन् मेरै भएको छ दुर्गति ।

अचम्भको छ यो प्रीतिमा चोबलिएको
बस्ती र नदी बीचको झगडा ।
एकलाई अर्को नभई नहुने
न कहिले रोकिने- न कहिल्यै सिद्धिने !!!

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x