साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तिनाथ दर्शन साहित्य समाजको वार्षिकोत्सव तथा सम्मान/पुरस्कार वितरण

शशीभक्त सिग्देल, महेशप्रसाद रिजाल र सुशीला शर्मा धमालालाई साधारण सदस्यता प्रदानपछि संस्थाका सर्वपक्षीय संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक हरिभक्त सिग्देलद्वारा सम्मानित/पुरस्कृत व्यक्तित्वमाथि परिचयात्मक प्रकाश ।

Nepal Telecom ad

काठमाडाैं, २०८० माघ २७ । पाँचजना वेदविद्याश्रमका वटुकसँगै वेदध्वनिमा प्रमुख अतिथिद्वारा दीपोज्वलन लगत्तै वरिष्ठ युरोलिष्ट डा.अर्जुनदेव भट्टको स्वागत मन्तव्य रह्यो। यसपछि मनोरञ्जनरमण शर्मा, ज्ञानु पण्डित र भैरवी भूगोललाई संस्थाको आजीवन सदस्यता प्रमाण पत्र प्रमुख अतिथिद्वारा प्रदान गरियाे ।

शशीभक्त सिग्देल, महेशप्रसाद रिजाल र सुशीला शर्मा धमालालाई साधारण सदस्यता प्रदानपछि संस्थाका सर्वपक्षीय संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक हरिभक्त सिग्देलद्वारा सम्मानित/पुरस्कृत व्यक्तित्वमाथि परिचयमाथि  प्रकाश पार्नु भयाे।

सम्मान तथा पुरस्का वितरण आफैँ उपस्थित भएर गर्नेमा अच्युत खरेल, मिना सिग्देल, शशीभक्त सिग्देल,पार्वती सोडारी, ज्ञानु पण्डित, मनोरञ्जनरमण शर्मा,महेश कुशवाह, डा.अर्जुनदेव भट्ट, शुचिता काफ्ले कल्पना बराल दाहाल रहे भने बाँकीका पुरस्कार वितरक हरिभक्त सिग्देल आफैँ रहे।

सुसेली उपविधाका प्रवर्तक तथा अभियन्ता दुर्गा अधिकारी भँमरकोटेले पाएको पुरस्कार रकममा पैतीस हजार थप गरी पचास हजार रकमको ब्याजबाट आउँने रकम अर्को सालदेखि सुसेली विधाकै उत्कृष्ट सर्जकलाई मुक्तिनाथ दर्शन साहित्य समाज नेपालमार्फत दिने उद्घोष गरे।

सम्पूर्ण सम्मान पत्र वाचन संस्थाका उपाध्यक्ष आशुकवि रामचन्द्र घिमिरेले गरेका कार्यक्रममा सम्मान पत्र प्रमुख अतिथिबाट प्रदान गरिए।

प्रमुख अतिथिबाट लगातार सम्मान/पुरस्कार वितरण भइसकेपछि सम्मानित/पुरस्कृतका तर्फबाट घनश्याम परिश्रमी, गान्धीराज काफ्ले, विजयध्वका गहन मन्तव्यसँगै रचनावाचन भए।

संस्थाका तरेफबाट संरक्षक युवराज मैनालीले गहन शुभकाना मन्तव्य दिएपछि अर्का संरक्षक बिष्णुप्रसाद पन्तको सटिक धन्यवाद मन्तव्य रह्यो । यसै सन्दर्भमा सम्मानित/पुरस्कृत बालप्रतिभा चक्षु भट्टराईले कविता वाचन गरिन् भने अर्की बालप्रभा सन्दर्शिकाले पनि रचनावाचन गरिन्।

घुम्ती मुक्तक नेपालका संस्थापक अध्यक्ष निर्मलरमण पराजुलीको मुक्तकवाचन भयो भने मुक्तिनाथ दर्शनकी सदस्य सुशीला शर्मा धमालाको गजलवाचन भयो। अन्त्यमा सभापतिद्वारा प्रमुख अतिथि गोपीनाथ मैनालीलाई सम्झनाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न भयो।

कार्यक्रम ठिक साँढे एघार बजेबाट सुरु भयो। सटिक एवं आकर्षक भैरवी भूगोलको उद्घोषण, कलानिधि दाहालको सभापतित्व, गोपीनाथ मैनालीको प्रमुख आमन्त्रित आतिथ्य, चन्द्रप्रसाद न्यौपाने, घनश्याम परिश्रमी, देवीप्रसाद शर्मा पन्थी, गिरिराज डल्लाकोटी, राजन सिल्वाल,सुनिल अधिकारी,गान्धीराज काफ्ले, ममता मृदुल, देवराज उपाध्याय (मिलनशिला धर्मपत्नी), चक्षु भट्टराई, मदन नेपाल, दुर्गा अधिकारी भँमरकोटे, तिलक लुइटेल पुत्र(विभव लुइटेल), अम्बिका भण्डारी, विनोद दाहाल वत्स, विजयध्वज थापा, बाजुराम पौडेल, वेदविद्याश्रम (नवराज घिमिरे प्रतिनिधि),सम्मानित/परस्कृत समेतको विशिष्ठ आतिथ्यमा सुरु भई अतिथिलाई खादा लगाएर स्वागत गर्नेमा सुशीला शर्मा धमाला, पार्वती अधिकारी पारु, शुचिता काफ्लेको सहभागिता रह्यो।

कार्यक्रमकाे सञ्चालन भैरवी भूगाेलले गरेकी थिइन् ।

०००

– कलानिधिद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x