फित्काैली डटकमअभिनवको शिशिर कवि गोष्ठी र सम्मान अर्पण
सङ्घीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य, विमल अर्यालको सभापतित्व, मेनका आचार्यको उद्घोषणमा कर्यरक्रम भएकाे हाे ।

काठमाडौं, २०८० माघ २७ गते शनिबार । अभिनव साहित्य समाजले २६४ औं मासिक शृङ्खला अन्तर्गत शिशिर कवि गोष्ठी र मणिराम-अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार अर्पण समारोह सम्पन्न गरेको छ ।
माननीय सङ्घीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य, विमल अर्यालको सभापतित्व, मेनका आचार्यको उद्घोषण, बी.पी. इलामेको स्वागत मन्तव्य र कविता वाचन, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र कार्यक्रमको जानकारी, सुमन पुडासैनीको रचना वाचन र सम्पूणर् व्यवस्थापनमा कायक्रमको शुभारम्भ भएको थियो ।
भव्य रूपमा सम्पन्न भएको सो कवि गोष्ठीमा शिक्षा तथा समाजसेवी उद्धव रायमाझीलाई नगद, दोसलासहित सम्मान अर्पण गरिएको थियो ।
प्रमुख अतिथि चालिसेले “सम्मानित व्यक्तित्व सबैका प्रिय समाजसेवी हुनुहुन्छ । उहाँलाई यसरी सम्मानित गरिएकोमा हामी सबै सम्मानित भएको” भन्ने कुरा राख्दै मन्तव्य दिनुभएको थियो ।
विशिष्ठ अतिथिहरुमा गजलगायक रामबहादुर पहाडी, गीतकार आनन्द अधिकारी, गो.न.पा. वडा नं. ५ का अध्यक्ष नगरप्रवक्ता नारायण सुवेदी, गो.न.पा. वडा नं.९ का अध्यक्ष राजिव थापा, चामुण्डा माध्यामिक विद्यालयका प्रधानाध्यापाक गुणराम आचार्य, शिक्षक दिवाकर भण्डारी, पुरस्कार स्थापक अच्युत चालिसे र दिवाकर चालिसे आदिले पनि आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कवि गोष्ठीमा भाग लिने कविहरुमा बद्रीप्रसाद सुवेदी, सरिता दुलाल घिमिरे, गोविन्द संगत महर्जन, कविराज घिमिरे, सुरेशचन्द्र घिमिरे, राजेशमान के.सी. सम्पत काफ्ले, मञ्जुश्री प्रधान के.सी., धु्रव भण्डारीलगायत २० जना र अन्य सहभागीसमेत गरी १०५ जनाको उपस्थिति रहेको थियो ।
०००
– वेदमणिद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































