फित्काैली डटकमराष्ट्रिय हाइकु महोत्सव -२०८० तथा हाइकु सम्मानको अर्पण
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गर्दै निबन्धकार शङ्कर लामिछानेद्वारा रचित "माकुरा जाल /झोलिएको ओसले / तन्किँदै गयो" उक्त हाइकु वाचन गरेर राष्ट्रिय हाइकु महोत्सव-२०८०को उदघाटन गर्नुभएको थियोे ।

काठमाडौँ, २०८० माघ २६ । नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा सङ्गठन “नेपाल हाइकु सङ्घ” केन्द्रीय समितिले “नेपाली हाइकु : नेपाली सुगन्ध”भन्ने उद्घोषसहित ” राष्ट्रिय हाइकु महोत्सव-२०८०”तथा हाइकु सम्मानको आयोजना गरेको थियोे ।
महोत्सवका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गर्दै निबन्धकार शङ्कर लामिछानेद्वारा रचित “माकुरा जाल /झोलिएको ओसले / तन्किँदै गयो” उक्त हाइकु वाचन गरेर राष्ट्रिय हाइकु महोत्सव-२०८०को उदघाटन गर्नुभएको थियोे ।
यस अवसरमा नेपाली हाइकु कवितामा विशेष योगदान पुर्याउनु हुने १५ जना वरिष्ठ हाइकुकारहरू भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ ,विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा.बमबहादुर थापा ‘जिताली’, डा. सुकुम शर्मा, डा.उषा अमात्य श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, सुरेन्द्र महर्जन ‘अमर’, दिल पौडेल, रेणुका भट्टराई र मनोज न्यौपानेलगायत हाइकु सम्मान -२०८० द्वारा सम्मानित हुनुभएको थियोे ।
यसै क्रममा कुलपति राईले नेपाली मौलिकतासहित हाइकु कवितालाई बचाउनुपर्छ। साथै ,हाइकु कविताबारे प्राज्ञिक बहस र विमर्श गर्दै लघुकविताको भिन्नतालाई पनि एकीन गर्नु अनिवार्य छ ।यसबारेमा प्रज्ञा-प्रतिष्ठानले पनि विमर्श गर्ने बताउनु भएको थियो।
यसै क्रममा राष्ट्रिय हाइकु महोत्सवका विशेष अतिथि, सम्मानित हाइकुकार एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरी, अतिथि वक्ताहरू प्रा.डा.लेखप्रसाद निरौला, डा.यज्ञेश्वर निरौला, डा. विनोद मन्जन, डा.हरिप्रसाद सिलवालले हाइकु कविताको सैद्धान्तिक र सिर्जनात्मक पक्षमा आआफ्नो दृष्टिकोण राख्नुभएको थियोे । यस्तै कवि सिर्जना सरोवरले पनि मनतव्य राख्नुभएको थियोे ।
यस महोत्सवका विशेष अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले पनि हाइकु वाचन गर्नुभएको थियोे ।
राष्ट्रिय हाइकु महोत्सवमा ५ वटा मात्रै हाइकु वाचन गर्न नेपाल हाइकु सङ्घले भनेको थियोे । यसैअनुसार सम्मानित हाइकुकारहरू भीम उदास ,तीर्थराज वन्त, मोहन दुवाल, धीरेन्द्र प्रेमर्षि, दिल पौडेल, मनोज न्यौपाने, विष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ, जीवन सुवेदी र रेणुका भट्टराई लगायतले हाइकु वाचन गर्नुभएको थियोे ।
यसैगरी हाइकुकार पुष्कर लोहनी, गोपालप्रसाद थपलिया, दिव्य गिरी, टेकबहादुर लौडारी, अरूणबहादुर खत्री नदी, होमशङ्कर बास्तोला, भुवन शिवाकोटी ‘चौघरे’, सानु शर्मा, राजेन्द्रकुमार बज्राचार्य, उर्मिला डङ्गोल, अन्जना पौडेल, मङ्गला कङ्साकार तुलाधर,नरेन्द्रबहादुर श्रेष्ठ, गोधूलि दिनेश, कृष्ण बाउसे, सुवास जमरकट्टेल, रामेश्वर जलन, प्रीति आत्रेय, गङ्गा भेटवाल, चन्द्रकला शाह, सुरेश प्रधान, तुपु पुं,र एन.बी जनकपुरी र कुन्दन पन्त लगायतले हाइकु वाचन गर्नुभएको थियो ।
यसैगरी सञ्चारकर्मी तथा साहित्यकार सरस्वती गौतम र रेणुका भट्टराईलगायत अन्य सञ्चारकर्मीले राष्ट्रिय हाइकु महोत्सवको छायाङ्कन गरी प्रचारप्रसारमा सहयोग पुर्याउनु भएको थियोे ।
हाइकुकारसानु शर्मा र गीता अर्यालले अतिथिहरूलाई खादा प्रदान गर्नुभएको थियोे । नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ चेतनाथ धमलाले प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीलाई मायाको चिन्ह प्रदान गर्नुभएको थियो । यसैगरी राष्ट्रिय हाइकु महोत्सवका अरू अतिथि वक्तालाई कुलपति राईले मायाको चिन्ह प्रदान गर्नुभएको थियोे ।
उक्त महोत्सवको समापन गर्दै नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ चेतनाथ धमलाले हाइकु कविताको सिर्जना गर्दा सैद्धान्तिक विचलन हुनु नहुने तर्क राख्नुभएको थियोे ।उहाँले यसै क्रममा हाइकु कवितालाई गतिशीलता दिन ,हाइकुकारहरू बिच आपसी परिचित गराउन,हाइकु कस्तो हुनुपर्छ भन्ने यथार्थबोध गराउने उद्वेश्यले राष्ट्रिय हाइकु महोत्सवको आयोजना गरिएको हो ।अब निकट भविष्यमा हाइकु वाचन शृङ्खला सुरु गर्ने , ‘भर्चुअल राष्ट्रिय हाइकु महोत्सव’ गर्ने, हाइकु प्रशिक्षण सञ्चालन गर्ने, हाइकु सम्मानलाई निरन्तरता दिने, हाइकु पुरस्कार स्थापना गर्ने र प्रतिनिधिमूलक हाइकुसङ्ग्रह प्रकाशनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।
नेपाल हाइकु सङ्घका केन्द्रीय सदस्य कृष्णभक्त बोडेले स्वागत मनतव्य र साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।
०००
– रामेश मगर ‘सार्थक’द्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































