साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘समथिङ स्रष्टा पुरस्कार’द्वारा डा. भट्टराई र दुवाल पुरस्कृत

फाउण्डेसनले साहित्यकारद्वय मोहन दुवाल र डा. गोविन्दराज भट्टराईलाई समथिङ साहित्य पुरस्कार तथा स्रष्टाद्वय मिना राई र शान्ता गौतमलाई समथिङ स्रष्टा सम्मानले पुरस्कृत गरेको हो ।

Nepal Telecom ad

पाँचथर, २०८० माघ २९ । समथिङ फाउण्डेसनले चार जना स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको छ । फाउण्डेसनले साहित्यकारद्वय मोहन दुवाल र डा. गोविन्दराज भट्टराईलाई समथिङ साहित्य पुरस्कार तथा स्रष्टाद्वय मिना राई र शान्ता गौतमलाई समथिङ स्रष्टा सम्मानले पुरस्कृत गरेको हो ।

फाउण्डेसनद्वारा आयोजित समारोहका प्रमुख अतिथि लेखक तथा पूर्व गृह राज्यमन्त्री दिपकप्रकाश बाँस्कोटाले डाक्टर भट्टराई र दुवाललाई नगद ५५ हजार ५ सय ५५ पुरस्कार राशिको समथिङ साहित्य पुरस्कारसँगै राई र गौतमलाई ५ हजार ५ सय ५५ रुपैंया पुरस्कार राशिकाे सहित्य समथिङ साहित्य सम्मान अर्पण गरेका हुन् ।

फाउण्डेसनले प्रत्येक २–२ वर्षमा समथिङ स्रष्टा सम्मान र समथिङ साहित्य पुरस्कार मार्फत सम्मान गर्दै आएको छ । २०७८ सालमा भने कोरोना महामारीको सम्भावित जोखिमका कारण पुरस्कार वितरण गरिएको थिएन । यसअघि ०७८ र २०८० सालको पुरस्कार र सम्मान एकैसाथ अर्पण गरिएको फाउण्डेसनले जनाएकाे छ ।

पाँचथरमा रहेर साहित्य साधनामा तल्लिन समथिङका जिवित छँदा ५५ र मरणोपरान्त २ कृति प्रकाशित छन् । समथिङको २०७९ भदौ ३० गते ५५ वर्षको उमेरमा निधन भएको थियो । समथिङ फाउण्डेसन भने उनी जीवित छँदै स्थापना गरिएको संस्था हो । सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा रचना वाचन समेत गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x