साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हड्डी समयले गलाउँछ

माछाले बल गर्ने पानीभित्र मात्रै हो हजुर कुकरले भन्दा पनि बढी हड्डी समयले गलाउँछ !

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
साँढे छाडा छन् बाली नष्ट भो !
हामीलाई पीडा खप्न साह्रै कष्ट भो !!
यो पाराले उँभो लागिंदैन हजुर !
युवा गोठालो चाहिने कुरा प्रष्ट भो !!

२.
बाधा व्यवधान रोक्का होओस् शुभकामना छ
पहिलै बलमा छक्का होओस् शुभकामना छ
व्यवहारमा हार छ अन्त्यमा हार्नै पर्छ तर पनि
जिन्दगीको खेल पक्का होओस् शुभकामना छ ।

३.
बिहेपछि सुरुमा केही दिन दुलही रानी हुन्छिन्
त्यसपछि सासुको गनगनमा उनी बानी हुन्छिन्
पुराना कुरा बिर्सिएर पुरानै बन्छिन् जब उनी
दुलहीरानी बिस्तारै घरको नोकरानी हुन्छिन्न् !!

४.
पुराना पात झरेपछि समयले नयाँ पात पलाउँछ
नचाहे पनि फूलपछि फल समयले फलाउँछ
माछाले बल गर्ने पानीभित्र मात्रै हो हजुर
कुकरले भन्दा पनि बढी हड्डी समयले गलाउँछ !

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x